बर्दिया-पोखरा सर्म्पर्क मञ्चमा पौडेल

आदर्श समाज सम्वाददाता
माघ २४, २०७४

पोखरा, २३ माघ । बर्दिया-पोखरा सर्म्पर्क मञ्चको अध्यक्षमा दीपक पौडेल चयन भएका छन् । मञ्चको पोखरामा भएको अधिवेशनले १५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति प्रथम उपाध्यक्षमा सूर्य सापकोटा र द्वितीय उपाध्यक्ष रुपक गौतम, महासचिव प्रदीप पौडेल, सचिव सुरेशराज सुवेदी, कोषाध्यक्ष विकास अधिकारी र र सहकोषाध्यक्ष पुष्पा मरासिनी आचार्य छन् ।

सदस्य शान्ति त्रिपाठी, केशवराज पौडेल, प्रभा चौधरी, हेमराज चालिसे, शिशिर कं’डेल र रोश्तिका सापकोटा छन् । समितिको पहिलो बैठकले रिक्त २ सदस्यलाई चयन गर्ने निर्वाचन कमिटीका संयोजक नवराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका प्राडा दयाराम पोख्रेलले संस्थालाई राजनीतिक आस्था भन्दा पनि सबैलाई समेटेर अगाडि बढाउँदै जानुपर्ने सुझाव दिए ।

नवनिर्वाचित अध्यक्ष पौडेलले बर्दियावाट पोखरा आएर बसेकालाई कुनै पनि समस्या पर्दा संस्थागत सहयोग गर्ने प्रतिवद्धता जनाए । आपसी भाइचाराको सम्बन्ध विकास गर्न र संस्थागत रुपमा काम गर्न सकेमा पोखरामा बर्दियालाई राम्ररी चिनाउन सकिने पनि धारणा राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width