लाहाचोकमा महाशिवरात्री मेला शुरु

आदर्श समाज सम्वाददाता
माघ २३, २०७४
lahachock progremm photo

हेमजा, २२ माघ। ‘पहिचान माछापुच्छे्र गाउँपालिकाको, जगेर्ना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मूलनाराका साथ माछापुच्छे्र गाउँपालिका-४, लाहाचोकस्थित बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समितिको आयोजनामा सोमबारदेखि महाशिवरात्री मेला शुरु भएको छ।  उक्त अवसरमा शिवपुराणसमेत शुरु भयो । शिवपुराण पूर्वाङ्गमा लाखबत्ती बाल्ने लगायत अन्य पूजा विधि पनि गरिएको शिवपुराण व्यवस्थापन समितिका संयोजक प्रेमप्रसाद पौडेलले बताए।

पुराणमा सात जना पण्डितद्वारा सामूहिक पूजा गरिएको छ। जसमा भरत दवाडी वाचक, नवराज पहारी उपवाचक, बलराम पौडेल गणेश, मोतीप्रसाद आचार्य रुद्राभिषेक तथा रणबहादुर क्षेत्री, देवीलाल भण्डारी र हरिदेवी भण्डारीले कर्ताको भूमिका निर्वाह गरेका छन्।

रुद्राभिषेक कर्ता पूरोहित मोतीप्रसाद आचार्यले शिवपुराणको ठूलो महत्व रहेको औल्याउँदै यस्तो पुराणको शक्तिले विभिन्न प्रकोपबाट मानिसलाई मुक्ति दिने बताए। उनले शिवपुराणमा रहेका चौबीस हजार श्लोकको वाचन तथा श्रवण गरे अनिष्ट निवारण हुने दावी गर्दै बानेटाकुर क्षेत्रको पुरानो इतिहास रहेको पनि जनाए। शिवपुराण महाशिवरात्री फागुन १ सम्म जारी रहनेछ। कर्ता देवीलाल भण्डारीले कार्यक्रममा पुराणका अलवा ग्रहशान्ति, चौरासीपूजा, ब्रतबन्ध लगायत सबै कर्म गरिने बताए।

शुरुको दिन सोमबार स्थानीय सेती नदी, मर्दीखोला, लस्तीखोला, बराहकुण्ड, २२ धारा, पातीखोला, ठूलो पधेरा लगायतका जलासयको जल सहितको कलशयात्रा समेत निकालिएको थियो। मेलाअन्तर्गत रमाइलो महामेला माघ २७ गतेदेखि शुरु हुदैछ । मेला भने फागुन २ सम्म जारी रहनेछ।

ज्येष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माण गर्ने, सांस्कृतिक तथा धार्मिक स्थल जगेर्ना गर्ने, सांस्कृतिक र धार्मिक पर्यटनको विकास साथै व्यवसायिकता पछ्याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

यस्तै, सार्वजनिक सम्पत्ति संरक्षण एवं सरसफाइमा केन्द्रित हुने तथा वातावरणीय एवं पर्यावरणीय शुद्घताका लागि जनचेतना जगाइ फोहरमैला व्यवस्थापन गर्ने उद्देश्य पनि रहेको मेला संयोजक पानबहादुर जिसीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width