लेखनाथ, २० माघ। १४ औं संस्करणको लेखनाथ महोत्सवको दशौं दिन आईपुग्दा दर्शकको चापसँगै कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ।
हालसम्म करिब १४ करोडको आर्थिक कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले बताए। दशौ दिन शनिबारमात्र करिब ४ करोड बराबरको कारोबार भएको र उक्त दिन ५० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको दाबी छ। दर्शकको उल्लेख्य सहभागिताले बिहानैदेखि साँझसम्म व्यवस्थापनमा आयोजकलाई हम्मेहम्मे परेको थियो। शनिबारको बिदा परेकाले अभिभावक आफ्ना बालबच्चासहित महोत्सवस्थल प्रवेश गरेका थिए। १४ वर्षअघि सुन्तला महोत्सवबाट शुरु लेखनाथ महोत्सव १४ औं संस्करणसम्म आइपुग्दा महोत्सवमा विभिन्न स्टलमा दर्शक चासो बढेको छ। महोत्सवमा ३ सय ५० स्टल राखिएका छन्।
महोत्सवमा राखिएको रत्यौली प्रतियोगिताले दर्शकको मन जित्ने गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए। महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको प्रतिभाको खोजी अभियानअन्तर्गत नृत्य विधाको गण्डकी तारा प्रतियोगितामा गणेश तामाङ, स्मृति गुरुङ, सपना धाई थापा र अमृत सुनार अन्तिम प्रतिष्पर्धामा प्रवेश गरेको निर्णययकमण्डल संयोजक महेश गोदारले जानकारी दिए। गण्डकी ताराको अन्तिम प्रतिस्पर्धा आइतबार हुनेछ। महोत्सव सोमबार सकिनेछ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९