Worldlink ads

लेखनाथ महोत्सवमा उर्लियो जनसागर

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४
leknath mahosab photo

लेखनाथ, २० माघ। १४ औं संस्करणको लेखनाथ महोत्सवको दशौं दिन आईपुग्दा दर्शकको चापसँगै कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ।

हालसम्म करिब १४ करोडको आर्थिक कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले बताए। दशौ दिन शनिबारमात्र करिब ४ करोड बराबरको कारोबार भएको र उक्त दिन ५० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको दाबी छ। दर्शकको उल्लेख्य सहभागिताले बिहानैदेखि साँझसम्म व्यवस्थापनमा आयोजकलाई हम्मेहम्मे परेको थियो। शनिबारको बिदा परेकाले अभिभावक आफ्ना बालबच्चासहित महोत्सवस्थल प्रवेश गरेका थिए। १४ वर्षअघि सुन्तला महोत्सवबाट शुरु लेखनाथ महोत्सव १४ औं संस्करणसम्म आइपुग्दा महोत्सवमा विभिन्न स्टलमा दर्शक चासो बढेको छ। महोत्सवमा ३ सय ५० स्टल राखिएका छन्।

महोत्सवमा राखिएको रत्यौली प्रतियोगिताले दर्शकको मन जित्ने गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए। महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको प्रतिभाको खोजी अभियानअन्तर्गत नृत्य विधाको गण्डकी तारा प्रतियोगितामा गणेश तामाङ, स्मृति गुरुङ, सपना धाई थापा र अमृत सुनार अन्तिम प्रतिष्पर्धामा प्रवेश गरेको निर्णययकमण्डल संयोजक महेश गोदारले जानकारी दिए। गण्डकी ताराको अन्तिम प्रतिस्पर्धा आइतबार हुनेछ। महोत्सव सोमबार सकिनेछ।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads