पोखरा, २० माघ। पोखरा ४, गणेशमार्गस्थित बूढानीलकण्ठ मन्दिर संरक्षण समितिको शनिबार सम्पन्न पाँचौ अधिवेशन तथा दशौं साधारणसभाले पुनः श्यामबहादुर कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्षमा शान्ति कोइराला, द्वितीय उपाध्यक्षमा राजुबहादुर कोइराला, सचिवमा उपेन्द्रराज गौतम, सहसचिवमा शारदाप्रसाद कोइराला, कोषाध्यक्षमा उदारराज भण्डारी छन्। सदस्यमा रामबहादुर कोइराला, भोलाप्रसाद पराजुली, गिता रिमाल पौडेल, इन्दु कोइराला र फणिन्द्र अधिकारी छन्। कार्यकाल २ वर्षको हुनेछ ।
त्यस अवसरमा प्रदेशसभा सदस्य प्रभा कोइराला, पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलासहित सदस्य र चन्दादातालाई सम्मान गरिएको थियो। समितिका अध्यक्ष श्यामबहादुर कोइराला र संरक्षक सदस्य जेहेन्द्रमान पालिखेले उनीहरुलाई सम्मान गरेका थिए।
साधारणसभा उद्घाटन गर्दै प्रदेश ४ का प्रदेशसभा सदस्य प्रभा कोइरालाले सबै मिलेर विकास र आर्थिक उन्नति लागि हातेमालो गर्नुपर्ने बताइन्। उनले राजनैतिक पूर्वाग्रहभन्दा माथि उठेर सेवा गर्ने उल्लेख गरिन्।
पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले जनताको आवश्यकतालाई प्राथमिकता दिएर काम गरिरहेको बताए।
समाजसेवी राजेन्द्रनिधि कोइरालाले समाजको विकासका लागि व्यत्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा समाजसेवी शशीधर पराजुली, टंकनाथ नापित, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, पोखरा ४ का वडा सदस्य सुवर्णनंग केसी, सृजनशील महिला समूहकी सचिव कल्पना गौतम लगायत बोलेका थिए।
साधारणसभाले सचिव उपेन्द्रराज गौतमले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष उदारराज भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।
मन्दिर संरक्षण समितिका अध्यक्ष श्यामबहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ति कोइरालाले स्वागत र सचिव उपेन्द्रराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन
छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१