पोखरा, १७ माघ । पोखराको मैदानमा विश्वास श्रेष्ठ चम्किएपछि भारी गोलअन्तरले एकतर्फी नतिजा आफ्नो पक्षमा पार्दै थ्रीस्टार क्लब आहा रारा गोल्डकपको पनि उपाधि नजिक पुगेको छ । थ्रीस्टार यो सिजनमा लगातार दुर्इ प्रतियोगितामा फाइनलमा पुगेको छ ।
गत शनिबार मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि जितेको थ्रीस्टार बुधबार पाहुना टोली उत्तर बरिन्धरा क्लब, बंगलादेशलाई एकतर्फी ५ गोल वर्षाएको हो । पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारका विश्वास श्रेष्ठले प्रतियोगितामै पहिलो ह्याटि्रक गरे । पहिलो खेलमा एपीएफविरुद्ध मुस्किलले टाइब्रेकरमा हराउँदै सेमिफाइनल खेलेको थ्रीस्टारसामु विदेशी टोली निरीह बन्यो । उसका दुर्इ भरपर्दा अफ्रिकनमूलका खेलाडी अघिल्लो खेलमा रातो कार्ड व्यहोर्दै बाहिरिँदा बंगलादेशी टीमले यसरी लज्जास्पद पराजय बेहोर्नुपरेको हो ।
पाँचौं पटक फाइनल प्रवेश गरेको थ्रीस्टारले चार पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ । फाइनलमा पुग्दा अहिलेसम्म उसले पराजय व्यहोरेको छैन । थ्रीस्टारले अब नेपाल पुलिस र धरान फुटबल क्लब सुनसरीको विजेतासँग शनिबार उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ । एकतर्फी खेलमा थ्रीस्टारले उत्तर बरिन्धरा क्लबलाई पूर्णतया दबदबा कायम राख्यो । ४० मिनेटसम्म गोल गर्न नसकेको थ्रीस्टारले पहिलो हाफको मात्रै ५ मिनेटमै लगातार ३ गोल गरेको थियो । उसले खेलको ४१ औं मिनेटमा विष्णु गुरुङको गोलबाट खाता खोल्यो । विश्वास श्रेष्ठको क्रसमा बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई उनले जाली चुमाएका हुन् । पहिलो गोल भएको ४ मिनेटपछि थ्रीस्टारले अग्रता दोब्बर बनायो । पहिलो हाफको अन्तिम मिनेटमा विश्वास श्रेष्ठको पासमा डिबक्स भित्र रहेका नीराजन खड्काले गोल पोष्टको दिशा दिए । त्यसको दुर्इ मिनेट पनि बित्न नपाउँदै नीराजनले आफूलाई पास मिलाइदिएका विश्वासलाई पहिलो गोल गर्न सहयोग गरे ।
तीन गोलले पछि परेको बंगलादेश दोश्रो हाफमा र्फकन सकेन । ६७ औं मिनेटमा विश्वासको व्यक्तिगत दोश्रो गोल मद्दतमा थ्रीस्टारले चौथो गोल गर्यो । बुद्ध चेम्जोङको क्रसमा नीराजनले मिलाइदिएको पासमा विश्वासले गोल गरे । खेलको ७५ औं मिनेटमा गोल गरेर विश्वासले ह्याटि्रक पूरा गरे । उनले सुनिल बलको फ्रिकिकमा फस्टबार च्याप्दै हेडमार्फत गरेको प्रहार गोल परिणत भएको थियो । थ्रीस्टारले आधा दर्जन बढी गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । विजयी भएपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिम कमजोर हुँदा राम्रो खेल हुन नसकेको बताए । पहिलो हाफको ४० मिनेटसम्म आफूहरु विपक्षीको खेल बुझनका लागि पर्ख र हेरको रणनीतिमा खेलेको र त्यसपछि रणनीति परिवर्तन गर्दा लगातार गोल निस्केको उनको भनाइ छ । बंगलादेशी टिमलाई कमजोर प्रतिद्वन्द्वी भन्दै प्रशिक्षक केसीले भने-‘सेमिफाइनलमा यति कमजोर टिमसँग थ्रीस्टारले यसभन्दा अघि कहिल्यै खेलेको पनि थिएन र अब कहिल्यै खेल्दैन ।’
उत्तर बरिन्धरा क्लबका वरिष्ठ उपाध्यक्ष मुसिबुर रहमानले ३/४ खेलाडी घाइते भएको र २ जनाले रातो कार्ड खाएर खेल्न नपाउँदा टिम कमजोर बनेको र नतिजा पनि निराशाजनक आएको बताए । उनले आयोजकको आतिथ्यता, नेपाली र पत्रकारलाई आभार प्रकट गर्दै आगामी वर्ष आउन इच्छुक रहेको तर सशक्त आउने बताए । क्लब अनुसार अहिले बरिन्धरा क्लबका सिनियर खेलाडी बंगलादेशमै एक प्रतियोगितामा सहभागी छ । बरिन्धराले पहिलो खेलमा सुदूरपश्चिम एफसीलाई २-१ गोलले पराजित गरेको थियो । सो खेल निकै तनावपूर्ण बन्दा अहिलेसम्मकै सबैभन्दा बढी कार्ड प्रयोग समेत भएको थियो र त्यसको असर यो खेलमा पर्यो । खेलमा ह्याटि्रक म्यान थ्रीस्टारका विश्वास श्रेष्ठ म्यान अफ दी म्याच बने । बिहीबार दोस्रो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लब र धरान फुटबल क्लब प्रतिष्पर्धामा हुनेछ । पुलिस क्याराभान सहित पाँच पटकको उपाधि विजेता टोली हो । पुलिसले पहिलो खेलमा मनाङ मस्र्याङ्दीलाई ३-१ गोलले पराजित गरेको थियो। प्रिक्वार्टरबाटै खेलेको धरानले पहिलो खेलमा सिक्किम युनाइटेडलाई ३-०, क्वाटरफाइनलमा आर्मीलाई टाइब्रेकरमा पराजित गरेको थियो ।
Related News
सम्बन्धित समाचार
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१