लाहाचोकमा बृहत् स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
माघ १८, २०७४
sibir

पोखरा, १७ माघ। लायन्स क्लब अफ पोखरा गतिशील, अञ्जुली, गतिशील मञ्जरी, समृद्वि, दर्पण र डेष्टिनेशनले संयुक्त रुपमा बृहत् स्वास्थ्य शिविर गरेका छन्।

माछापुच्छ्रे गाउँपालिका वडा ४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा आयोजित शिविरमा ६ सय १५ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको लायन्स क्लब अफ पोखरा अंजुलीकी अध्यक्ष अमृतशोभा खत्रीले जानकारी दिइन्।

शिविरमा ल्याब,र्र् इसिजी, भिडियो एक्सरे, अल्ट्रासाउण्ड लगायत सेवा प्रदान गरिएको थियो। फिजिसियन डा मनबहादुर गुरुङ नेतृत्वको टोलीले उपचार सेवा प्रदान गरेको हो।

शिविरमा नमस्ते हस्पिटल एण्ड रिर्र्सच सेन्टर प्रालि, पोखरा सिद्वार्थ हेल्थ केयर, हिमालयन आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए। शिविर उद्घाटन जिल्ला समन्वय समिति कास्कीका सदस्य विष्णुप्रसाद पौडेल र लायन्स क्लब इन्टरेनशनल ३२५ बी १ का को-चिफ एड्भाइजर विश्वेश्वर आचार्यले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा ४ का अध्यक्ष पूर्णबहादुर शाही लगायत बोलेका थिए।

लायन्स क्लब अफ पोखरा गतिशीलका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विदुर कोइरालाले स्वागत, समृद्विका द्वितीय उपाध्यक्ष राधिका थापाले धन्यवाद ज्ञापन र लायन्स क्लब अफ पोखरा गतिशिल मञ्जरीका सचिव हेमा रेग्मीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width