राष्ट्रिय सभा निर्वाचनमा आचारसंहिता कडाइ

आदर्श समाज सम्वाददाता
माघ १८, २०७४

काठमाडौं, १७ माघ । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी तीव्र पारेको जनाएको छ ।

आयोगले यसअघि राष्ट्रियसभा निर्वाचनका लागि २ प्रकारका मतपत्र बनाउने निर्णय गरिसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ निर्वाचकलाई मतदान प्रक्रिया बारे तालिम दिइरहेको पनि उनले बताए । आयोगले एक मतदान केन्द्रमा ८ वटा मतपेटिका राख्ने भएको छ । निर्वाचनको लागि आवश्यक अन्य सामग्री पनि मतदान केन्द्रमा लैजाने तयारी भइरहेको प्रवत्ता ढकालले बताए । माघ १५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नुका साथै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिसकेको आयोगले मतदान केन्द्र केन्द्रित तयारी थालेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, आयोगले राष्ट्रियसभा निर्वाचन केन्द्रित गरेर माघ १२ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिताको पनि अनुगमन गरिरहेको प्रवक्ता ढकालले बताए ।

आयोगको बुधबार बसेको बैठकले आर्थिक सहायता वितरणको विवरण माग गर्न गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई पटक-पटक पत्राचार गरिएकोमा हालसम्म पनि उक्त विवरण प्राप्त हुन नआएकाले यस विषयमा मुख्य सचिवलाई आग्रह गर्ने निर्णय पनि गरेको जनाइएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width