पोखरा, १७ माघ । व्यवसायी र राजनीतिककर्मीलाई धम्काएर पैसा असुल्न खोज्ने ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की क्षेत्र २ प्रदेशसभा (ख) का सांसद विन्दुकुमार थापा, व्यवसायी कालु गुरुङ र बोधराज गिरीलाई धम्काएर उनीहरुले पैसा असुल्ने योजना बनाएको बुझिएको छ ।
मनोज पुनको मान्छे हुँ भन्दै धम्क्याएर व्यवसायीहरुसँग करोडौं रुपैयाँ मागेका थिए । धम्की खानेमा यस क्षेत्रकै प्रतिष्ठित कम्पनीका सञ्चालक समेत रहेका श्रोत बताउँछ । उनको नाम भने प्रहरीले खोलेको छैन । पैसा नदिए ज्यान समेत मार्ने धम्की दिएका पीडित बताउँछन् ।
पुनको नाममा बुटवलकै घटना दोहोरिने धम्की दिने गरेको उनीहरुले बताए । डेढ महिना अघि मात्रै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएकोमा त्यसको जिम्मेवारी पुनले लिएको समाचार सार्वजनिक भएको थियो ।
सांसद थापालाई अल्टिमेटम नै दिएर २ करोड माग गरिएको तर त्यो भन्दा पनि बढी कालु गुरुङलाई १० करोड माग गरेको गोप्य स्रोतले जानकारी दिएको छ । यस्तै, बोधराज गिरीसँग पनि मोटै रकम मागेको बुझिएको छ ।
मुख्य योजनाकार स्याङ्जा टक्सारका नरबहादुर गुरुङ -शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । श्रोतका अनुसार संलग्नमध्ये ३ जना स्याङ्जा टक्सारका र १ जना चाहीँ पर्वतका हुन् ।
उनीहरुलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । २ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न नम्बरबाट धम्क्याएको सांसद थापाले बताएका छन् । उनले एक महिनाअघि नै जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएका थिए ।
पुस १५ देखि नै नम्बर परिवर्तन गरेर दिनमा ५ पटकसम्म निरन्तर धम्की आइरहेको उनले बताए । एकै मान्छे कहिले भारत र कहिले नेपालबाट फोन गर्ने गरेको स्रोतको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान चलिरहेकाले बिहीबार बिहान १०ः१५ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने कास्की प्रहरीको तयारी छ ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९