अन्नपूर्ण गाउँपालिकालाई एम्बुलेन्स

आदर्श समाज सम्वाददाता
माघ १८, २०७४
ambulance

पोखरा, १७ माघ । भूतपूर्व सैनिक संगठन पुन समुदायले म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

प्रमुख अतिथि पूर्व मन्त्री उत्तमबहादुर पुनले गाउँ गाउँको जनताले स्वास्थ्य सेवाबाट वञ्जित हुनु नपर्ने बताए। सैनिक संगठनको पहल र म्याग्दी अन्नपूर्ण गाउँपालिकामा बस्ने नागरिककालागि सुविधा ठूलो भएको बताए।

पुन समाजका संरक्षक समेत रहेका उत्तम पुनले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनलाई चाबी हस्तान्तरण गर्दै अन्तिम पटक पहिचानको लागि लड्नुपर्ने बताए। संविधानमा पुन समुदायको सूचीकृत हुनुपर्नेमा आफूले उठाएको मागलाई धमिलो बनाउन पुन समाज विरोधीले भड्काउन लागेकोमा खबरदारी गर्न पुन समाज नेतृत्वलाई आग्रह गरे।

भूतपूर्व सैनिक संगठन पुन समुदाय नेपालका अध्यक्ष क्या रवीन्द्र गर्बुजाले पेन्सनमा परेको समस्या समाधान गर्न गठित संस्थाले खुकुरी नाच, खेलकुद एवं सांस्कृतिक जगेर्नाले पुन समाजका विरोधीलाई चुनौती थपिएको बताए।

संगठनका सचिव बुद्धिवीर पहरेपुनको सञ्चालनमा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बलबहादुर तिलिजा पुनले संविधान संशोधन गरेर छुट्टै पहिचानको लागि गुट उपगुटको अन्त्यमा जोड दिए। कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले पार्टीर धर्म परिवर्तन गर्न सक्ने भन्दै जात र समुदाय कहिल्यै परिवर्तन गर्न नसकिने बताए।

एम्बुलेन्स चाबी ग्रहण गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँमा सुविधा प्रदान गर्न समाजको साथ चाहिने भन्दै गाउँ फर्केर म्याग्दीको पर्यटन र भारत सरकारले दिएको उपहार संरक्षण गर्न अनुरोध गरे।

Related News

सम्बन्धित समाचार

hero news full width