जमघटस्थल बन्दै लेखनाथ महोत्सव

आदर्श समाज सम्वाददाता
माघ १७, २०७४
lekhnath

लेखनाथ, १६ माघ । १४ औ संस्करणको लेखनाथ महोत्सव पुराना साथीभाइ, इष्टमित्र र आफन्तसँग भेटघाटको स्थल बनेको छ ।

हंसपुर घर भएका नवीनबाबु पौडेल मंगलबार जब महोत्सव स्थलमा छिरे उनले आफ्ना सहपाठीदखि बाल्यकालका चिरञ्जीवी सुवेदी, मुरारी शर्मा, होमनाथ पौडेल लगायत साथी भेट्न पाउँदा महोत्सवले जुटाएको अवसरप्रति आभार व्यक्त गरे ।

उनीजस्तै पोखरा ३१ की ७७ वर्षीया चीत्रकुमारी भण्डारी महोत्सव छिरेपछि आफ्ना इष्टमित्र र माईतीघरका साथी भेट्न पाउँदा खुशी लागेको बताउँदै महोत्सव सामान किनमेल र रमाइलोका लागि मात्र नभइ भेटघाटको स्थल समेत भएको बताइन् ।

महोत्सवको छैटौ दिन सार्वजनिक बिदा परेकाले दर्शक चाप थामि नसक्नु रहेको आयोजकको दाबी छ । जसका कारण आयोजक लेखनाथ उद्योग वाणिज्य संघले टिकटघर अलावा अन्य चार ठाउँबाट टिकट बिक्रीको व्यवस्था मिलाएको थियो ।

महोत्सवप्रति दर्शक अभिरुची बढेकाले मंगलबारमात्र झण्डै ५० हजार दर्शकले अवलोकन गरेको आयोजक संघको दाबी छ ।  हालसम्म करिब १ लाख ५० हजार दर्शक मेला प्रवेश गरिसकेको संघका महासचिव भरतकुमार अधिकारीले बताए ।

दर्शकको चाँपसगै कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ । महोत्सव छैटौ दिनमा करिब १ करोड ७५ लाख बराबरको कारोबार भएको छ । हालसम्म ५ करोड ७५ लाख बराबर कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले बताए ।

महोत्समवा जारी नृत्य विधाको गण्डकी तारा प्रतियोगितामा अञ्जली मगर र नवीना गुरुङ बाहिरिएका छन् । गणेश तामाङ, विनेस गुरुङ, सपना धाई थापा र स्मृति गुरुङ दोस्रो चरणमा प्रवेश गरेको बताइएको छ ।

बुधबार ८ जनाबीच प्रतिष्पर्धा हुने कार्यक्रम संयोजक ऋषिराम जमरकट्टलले भनाइ रहेको छ । रत्यौली गीत प्रतियोगितामा एकजुट मिलन, अर्चले बाहृघरे, लेखनाथ सामुदायिक र आदर्श आमा समूहको प्रस्तुति रहेको थियो ।

मंगलबार भएको विद्यालयस्तरीय नृत्य प्रतियोगितामा युनिभर्स बोर्डिङ स्कुलकी प्रीति गुरुङ र  गायनतर्फ डायमण्ड मोडल एकेडेमीकी मोनिका परियार अन्तिम प्रतिष्पर्धाका लागि चयन भएको प्रतियोगिताका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए।

बुधबार पप लाइभ कर्न्र्सटमा लाउरे र याम नेपाली, दोहोरीमा श्रीष देवकोटा, प्रदीप त्रिपाठी, निश्चल दवाडी, कला लम्साल, प्रिया भण्डारी र दुंर्गा सापकोटाको प्रस्तुति रहनेछ । साथमा लोकप्रिय हास्य कलाकारले दर्शक हसाउनेे स्टेज संयोजक नेत्रपाणि बास्तोलाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width