लालीगुराँस टोल विकासको साधारण सभा

आदर्श समाज सम्वाददाता
माघ १७, २०७४
laliguras

पोखरा, १६ माघ । पोखरा ८ मा रहेको लालिगुराँस टोल विकास संस्थाको मंगलबार आठौं साधारण सभा भएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले टोल विकास संस्थाको सहयोगले मात्रै महानगरपालिकाका कार्यक्रम सफल हुने बताए ।

उनले टोल विकास संस्थाको सक्रियताले पोखराको समृद्धीमा टेवा पुगेको उल्लेख गर्दै थप क्रियाशीलता बढाउन आग्रह गरे ।

विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालले धर्म र संस्कृति संरक्षणमा टोल विकास संस्था पनि एकजुट भएर लाग्नुपर्ने बताए । कसैले पनि धर्म परिवर्तन गराउन नपाउने भन्दै उनले पछिल्लो समय नेपालमा यस्ता घटना दिनहुँ भैरहेको बताए । यसलाई रोक्न टोल विकास संस्थाको पनि भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

पत्रकार महासंघकी पूर्व सदस्य तथा अधिवक्ता शुष्मा पौडेल, विश्व हिन्दू महासंघ पोखरा नगर महिला कमिटी अध्यक्ष पार्वती पौडेल, नागवेली टोल विकास संस्थाकी अध्यक्ष शारदा गिरी, जाल्पादेवी महिला उद्धार संस्थाकी अध्यक्ष कान्ती अधिकारी लगायत बोलेका थिए ।

कार्यक्रमकै अवसरमा कार्यसमिति सदस्य लक्ष्मी कार्की, आजीवन सदस्य जूनु बस्याल, स्वरुप थापा लगायतलाई संस्थामा योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

संस्थाकी अध्यक्ष मेनुका बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मंगली बास्तोला र स्वागत उपाध्यक्ष दुंर्गादेवी बास्तोलाले गरेकी थिइन् । संस्थाको वाषिर्क प्रगति प्रतिबेदन र आर्थिक प्रतिवेदन समेत साधारण सभाबाट पारित गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width