काठमाडौं, माघ १६ । नेकपा एमालेले सकेसम्म सर्वसम्मत नभए मतदानबाट प्रदेशको मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेशसभाको पहिलो बैठकपछि प्रदेश संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत नभए निर्वाचनको माध्यमबाट नेता चयन गर्ने निर्णय गरेको एमाले नेताले जानकारी दिएका छन् । वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ मा एमालेको मुख्यमन्त्री बन्नेछन् । प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता बन्ने निश्चित भइसकेको छ भने अन्य प्रदेशमा एकभन्दा बढी नेता आकांक्षी देखिएपछि टुंगो लागेको छैन । प्रदेश ६ र ७ का दलका नेता भने मुख्यमन्त्री बन्ने छैनन् । वाम गठबन्धनमा यी दुंर्इ प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ ।
एमालेको भागमा परेको प्रदेश १ को मुख्यमन्त्रीमा सचिव भीम आचार्य र शेरधन राईको दाबी छ भने ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेको दावी छ । यस्तै प्रदेश ४ को मुख्यमन्त्रीमा सचिव पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङले दाबी गर्दै आएका छन् । प्रदेशसभाको प्रथम बैठक अगावै प्रदेशसभा संसदीय दलको बैठक आयोजना गर्ने र प्रदेशसभामा दल तथा दलका सदस्यतर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गर्ने पनि एमालेको निर्णय छ । सो बैठकमा दल नेताको निर्वाचन सम्पन्न भएको प्रदेशमा दल नेताको अध्यक्षतामा र दल नेताको निर्वाचन सम्पन्न हुन बाँकी रहेका प्रदेशमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने बताइएको छ ।
प्रदेशसभा संसदीय दलको नेता चयन हुन बाँकी रहेका प्रदेशहरूमा यही माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भए लगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने र दल नेताको चयन गर्ने प्रक्रिया अघि बढाउने पनि स्थायी समितिले निर्णय गरेको छ । दल नेताको निर्वाचनका लागि दलको बैठकबाट ३ सदस्यीय निर्वाचन कमिटी गठन गर्ने एमालेले जनाएको छ ।
यसैगरी, एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यलाई माओवादी केन्द्रसमेतको सहभागीतामा तत्कालै मतदान विधिबारे तालिम दिने निर्णय समेत गरेको छ । राष्ट्रिय सभाको निर्वाचनमा मतदाता रहेका निर्वाचनमण्डलका सदस्यलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन बैठकले दिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रिय सभाका लागि तय भएका नेकपा (एमाले) र नेकपा –माओवादी (केन्द्र)का साझा उम्मेदवार विजयी बनाउन पारस्परिक सल्लाहका आधारमा दुवै पार्टीको तर्फबाट संयुक्त रुपमा प्रचारप्रसार, मतदाता शिक्षा, व्यवस्थापन लगायत कार्य गर्ने विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच, वर्तमान सरकारले निर्वाचनपछि गर्दै आएको विभिन्न निर्णयप्रति समेत एमालेले गम्भीर आपत्ति जनाएको छ । सरकारको निर्णय संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिकताविपरीत भन्दै एमालेले भर्त्सना समेत गरेको छ । ‘ताजा जनादेश प्राप्त राजनीतिक दल, सञ्चारजगत र आमनागरिकको आलोचना र विरोधलाई बेवास्ता गर्दै काम चलाउ सरकारले गरेका राष्ट्रिय ढुकुटीको नाङ्गो दुरुपयोग, मनपरी ढंगले गरिएको नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी, अराजकतापूर्ण र जनहित एवं राष्ट्रहितविपरीत निर्णयको बैठकले घोर निन्दा एवं भर्त्सना गरेको छ’-विज्ञप्तिमा भनिएको छ ।
‘इन्चार्जको समन्वयमा छानिने’
नेकपा (माओवादी) केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा केही दिनभित्रै प्रदेश मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको छ । नेकपा-एमाले) र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश नं ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ । मुख्यमन्त्रीमा आकाङ्क्षी बढेपछि पार्टीा प्रदेश इन्चार्जसँग छलफलका आधारमा पार्टीकेन्द्रले आवश्यक निर्णय गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। प्रदेशको सभामुखमा एमालेबाट प्रदेश नं १, ३, ६ र ७ तथा माओवादी केन्द्रबाट प्रदेश नं ४ र ५ मा साझा उम्मेदवारी दिने सहमति गरिएको छ । त्यस्तै प्रदेश नं ४ र ५ एमालेले १, ३, ६ र ७ मा माओवादी केन्द्रले उपसभामुख लिने सहमति भएको छ ।
सहमतिको आधारमा तोकिएका पदमा उपयुक्त व्यक्ति छनोट गरिने प्रवक्ता भुसालको भनाइ छ । माओवादी केन्द्रले प्राप्त गरेको प्रदेश नं ६ मा पूर्वमन्त्री महेन्द्रबहादुर शाही र नेता नरेश भण्डारी मुख्यमन्त्रीमा आकाङ्क्षी देखिनुभएको छ । यस्तै प्रदेश नं ७ मा वीरमान चौधरी, झपट बोहोरा र त्रिलोचन भट्ट चर्चामा छन् ।
Related News
सम्बन्धित समाचार
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१