Worldlink ads

सराङ्कोटमा महायज्ञ तयारी भेला

आदर्श समाज सम्वाददाता
माघ १७, २०७४

पोखरा, १६ माघ । सराङ्कोटमा धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिन लागिएको श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको तयारी बृहत भेला सम्पन्न भएको छ ।

२०६१ मा शुरु गरिएको विशाल शिव मन्दिरसँगै सराङ्कोट धार्मिक पर्यटन क्षेत्रको बृहत् सराङ्कोट योजना शुरुवात गरिएको अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

१०८ शिवलिङ्ग स्थापना र निर्माणलाई महाअभियानको रुपमा लिएको समस्त भगवान दर्शन धर्म प्राप्ति र पितृ उद्दारको लागि दान संकल्प गर्नुपर्ने प्रमुखवाचक भाष्करपण्डित कमलनयन गौतमले बताए । धर्म संस्कृतिको जगेर्ना र विकास निर्माणका लागि महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

पोखरा १८ का अध्यक्ष रणबहादुर थापाले वडाको विकास र प्रतिष्ठा बोकेको महायज्ञ सफल बनाउन सबै वडाबासी एकभइ लाग्नुपर्ने बताए । अन्तर्राष्ट्रिय रुपमा धार्मिक पर्यटनको महत्व बोकेको सराङ्कोटको विकासमा आम समुदाय व्यवसायीको एकता र सहभागिता महत्वपूर्ण रहने बताए ।

महायज्ञ सम्पन्न गर्न २७ वटा विभिन्न उपसमिति गठन भई माघ २२ गतेदेखि फागुन १ गतेसम्म महायज्ञ हुने महायज्ञमा दैनिक रुपमा श्रीमद्भागवत कथा वाचन, लघुरुद्री पाठ, दानवीर सम्मान, सामूहिक ब्रतबन्ध, चौरासी पूजा लगायत धार्मिक कार्यक्रम राखिएको छ ।

कार्यक्रममा समितिका कोषाध्यक्ष शिवप्रसाद कोइराला, उपाध्यक्ष उमानाथ चपाई, मीनबहादुर थापा, महिला परिचालन संयोजक कल्पना ढकाल, कलशयात्रा संयोजक गंगा तिमिल्सिना, धार्मिक व्यक्तित्व बामदेव बस्ताकोटी, भावना सहकारीका अध्यक्ष बलराम कोइराला, कानुनी सल्लाहकार कृष्णप्रसाद तिमिल्सिना, महायज्ञ सहयोग समिति उपाध्यक्ष भरत थापा, शिवप्रसाद कोइराला, जनजागृति मावि प्रअ विष्णुप्रसाद तिमिल्सिना लगायतले महायज्ञ तयारीबारे जानकारी गराए ।

माघ २२ गते गाइघाटबाट कलशयात्रा सहित महायज्ञ उद्घाटन हुनेछ । महायज्ञस्थलसम्म आवतजावतको लागि निःशुल्क यातायात व्यवस्था गरिएकोले समपूर्णलाई सहभागी हुन प्रचारप्रसार संयोजक कृष्ण थापाले आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

    • त्रिशूलीमा कार खस्दा पोखराका ३ जना बेपत्ता

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा, ८ असोज । त्रिशूली नदीमा कार खस्दा पोखराका ३ जना बेपत्ता भएका छन् । काठमाडौंबाट पोखरा आउँदै गरेको कार…
    • कांग्रेस जिल्ला उपसभापतिमा ढुंगानाकाे उम्मेदवारी

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      लेखनाथ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की जिल्लाको उपसभापतिमा पोखरा–३१ का कृष्णप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । वेगनासतालमा…
    • शुभ अवसर ग्रामको तालिम सम्पन्न

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा । शुभ अवसर ग्राम नेपालको आयोजनामा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । ४ दिनसम्म चलेको…
    • उत्तरदायी पत्रकारितामा जोड

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा  । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा…
    • बिरौटा सहकारीको रक्तदान

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । बिरौटा बचत तथा ऋण सहकारीले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads