दलित भएकै कारण दुंर्र्व्यवहार

आदर्श समाज सम्वाददाता
माघ १७, २०७४

पोखरा, १६ माघ । दलित भएकै कारण पोखरा १५ मा किरियापुत्री पूर्णबहादुर सुनारमाथि गत साता भएको दुंर्र्व्यबहारको घटना अझै सेलाएको छैन । प्रहरीसमक्ष दुर्व्यर्वहारमा संलग्नलाई कारबाही गर्न परेको उजुरी प्रहरीले लिन नमानेको पीडित पक्षको गुनासो छ ।

पीडितका अनुसार बाबुको किरियामा बसेका पोखरा १५ स्थित गैरीगाउँका सुनारलाई स्थानीय एक आमा समूहकी अध्यक्ष विष्णु गिरीले पानीटंकी दलित भएकै कारण छोइएको भन्दै अमानवीय दुर्व्यर्वहार गरेकी हुन् ।

गत माघ ४ मा बाबुको निधन भएपछि ६ र ७ गते क्रिया बसेका सुनारमाथि टोल सुधार समितिको भवनलाई हतियार बनाइ दलित भएकै कारण उक्त ठाउँमा क्रिया गर्न नदिन वडा कार्यालयमा उल्टै उजुरी परेको थियो । सुनारका अनुसार त्यसअघि पनि उक्त स्थानमा क्रियापुत्रीहरुले निसंकोच क्रियाकर्म गर्दैआएका थिए। आफूले उक्त ठाउँ सरसफाइ गरेको भए पनि नजिकै रहेको पानी टंकी छोइएको भन्दै गिरीले त्यस ठाउँ छाड्न चेतावनी दिएको पीडित पक्षको गुनासो छ । वडा कार्यालयमा फूलबारी आमा समूहको सार्वजनिक जमिनमा आमा समूहको भवन रहेको र फोहोर गरेको भन्दै निवेदन दिएको खुलेपछि त्यसलगत्तै पीडित पूर्णबहादुर र सन्तबहादुर विश्वकर्माले प्रहरीमा लिखित उजुरी दिएको बताइएको छ । त्यसपछि वडा अध्यक्ष प्रकाश पौडेल, दलित महिला सदस्य मन्दिरा परियार र स्थानीय शिव बानियाँ संलग्न टोलीको रोहवरमा गिरीले आफूले अञ्जानमा गल्ति गरेको स्वीकार्दै माफी मागेकी थिइन् । माफीमात्र मागेर नहुने आवश्यक भन्दै ज्रि्रका कास्कीमा परेको उजुरीमा प्रहरीले पीडित स्वयं नआई दर्ता नहुने भन्दै फर्काएको पीडितको गुनासो छ ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width