बन्ने भो पुम्दीकोटमा महादेवको विशाल मूर्ति

आदर्श समाज सम्वाददाता
माघ १६, २०७४

पोखरा, १५ माघ। पोखरा लेखनाथ महानगरपालिका-२२ स्थित पुम्दीकोटमा महादेवको विशाल मूर्ति बनाउने कार्य शुरू हुने भएको छ।

पोखरा लेखनाथ महानगरपालिका कार्यालय र पुम्दीकोट विकास समिति बीच उक्त निर्माण सम्बन्धी बुधवार सम्झौता भएपछि निर्माण कार्य तत्काल अघि बढाइने भएको हो।

सम्झौता अनुसार निर्माण गर्न लाग्ने कुल लागत रकम छ करोड १२ लाख, ३८ हजार, एक सय ३० रुपैयाँमध्ये ५० प्रतिशत रकम महानगरपालिकाले उपलब्ध गराउने भएको छ। सम्झौतापत्रमा महानगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेल र पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले हस्ताक्षर गरेका छन्।

पुम्दीकोट विकास योजनाको घोषणासहित पुम्दीकोट विकास समितिले गतवर्ष महायज्ञको आयोजना गरेको थियो।

स्मरण रहोस, हिल-टेकका प्रबन्ध निर्देशक कमल जैनले महादेवको विशाल मूर्ति दान गर्ने सहमतिपत्रसहितको घोषणा गरिसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width