पोखरा, १५ माघ । राष्ट्रिय समाचार समिति, प्रदेश नं ४ नयाँ बजार पोखराका कार्यालय प्रमुख निमदत्त सुवेदीको कार्यालयमा कार्यरत कर्मचारीका तर्फबाट सोमबार बिदाइ गरिएको छ।
राष्ट्रिय समाचार समितिमा २०४१ साल पुस १६ गतेदेखि स्थायी सेवा प्रवेश गरेका सुवेदी उमेर हदका कारण सोमबार बाटै सेवाबाट निवृत्त भएका हुन् ।
पर्वत साविक ठानामौला गाविस (हाल फलेवास ८)मा २०१६ माघ १५ मा जन्मेका सुवेदी पोखरा ९ नयाँ बजार बस्दै आएका छन् ।
सेवा अवधिमा सुवेदीले राससको पोखरा कार्यालय सहित केन्द्रीय कार्यालय र तत्कालिन लुम्बिनी अञ्चल कार्यालयमा सेवा गरेका थिए ।
बिदाइ कार्यक्रममा उपसमाचारदाता वासुदेव पौडेलले कार्यालय प्रमुख सुवेदीले राससमा लामो समयसम्म पुर्याएको योगदान प्रशंसायोग्य भएको बताए।
सहायक समाचारदाता हरि बास्तोलाले सेवाबाट निवृत्त भए पनि रासस प्रतिको मायालाई कायमै राख्न आग्रह गर्दै जीवनको सुस्वास्थ्य दीर्घायुको कामना गरे।
कार्यालय सहयोगी भोलानाथ पौडेलले कार्यालयको सेवाका क्रममा सुवेदीसँगको बसाइँका अनुभव व्यक्त गर्दै निवृत्त जीवनलाई अझै क्रियाशीलल बनाउन आग्रह गरे ।
कार्यालय प्रमुख निमदत्त सुवेदीले आफूले राससलाई सधैँ सवोर्परी राखेको बताउँदै भावी दिनमा अझै संस्थाको गरिमा र महत्व बढ्दै जाने उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९