लायन्स आदर्श चौतारीद्वारा विद्यार्थीलाई सहयोग

आदर्श समाज सम्वाददाता
माघ १६, २०७४
lions adarsha chautari

पोखरा, १५ माघ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सोमबार विद्यार्थीलाई सहयोग गरेको छ।

क्लबले पोखरा १४ स्थित भयश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो।

सो विद्यालयका ९१ जना विद्यार्थीलाई स्वीटर, न्यायो टोपी र शैक्षिक सामाग्री गरी ६५ हजार मूल्य बराबरको सहयोग गरिएको थियो।

वडाध्यक्ष प्रेमबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर कुँवर, जोन चेयरपर्सन तेजबहादुर भट्टराई र क्लब अध्यक्ष दयाशंकर गौतम लगायतले उक्त सामाग्री वितरण गरेको कार्यक्रम संयोजक राजन भण्डारीले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष कार्कीले क्लबले विद्यार्थीलाई सहयोग गरी राम्रो काम गरेको उल्लेख गरे।

त्यस अवसरमा जोन चेयरपर्सन तेजबहादुर भट्टराई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जंगबहादुर कुँवर, चार्टड प्रेसिडेन्ड बासुदेव कोइराला लगायत बोलेका थिए।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दयाशंकर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले स्वागत र सचिव शिव नेपालीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width