रत्यौली, पप र दोहोरी आकर्षण

आदर्श समाज सम्वाददाता
माघ १५, २०७४

लेखनाथ, १४ माघ । जारी लेखनाथ महोत्सवमा रत्यौली महिलाको लागि, पप युवाका लागि र लोकदोहोरी सबैका लागि आकर्षण बनेका छन् ।

२०५७ सालदेखि प्रतियोगितात्मक रुपमा दोहोरीगायक प्रजापति पराजुलीले शुरु गरेको रत्यौलीले अहिले प्रायः सबै मेला महोत्सवको माहोल तताउने गरेको छ।

यसैगरी, लाइभ पप कर्न्सटमा युवाको उपस्थिति बाकलो देखिन्छ भने अपरान्हतिर हुनेे लोकदोहोरीमा सबै समूहका दर्शक गीतको तालमा स्टेज अगाडि होस वा आफू बसेकै ठाउँबाट उठेर छमछमी नाचेको पाइन्छ ।

१४ औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिनसम्म आइपुग्दा दर्शकको उपस्थिति बढेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी बताउँछन् । उनले भने-‘शुरुवात र शनिबार बिदाको दिन दर्शकको घुइँचो थियो भने अन्य दिनमा पनि क्रमिक रुपमा दर्शक बढेका छन् ।’

आइतबारसम्म करिब ८० हजार दर्शकले महोत्सव अवलोकन गरिसकेको र ३ करोड बराबरको कारोबार भएको संघका महासचिव भरतकुमार अधिकारीले बताए ।

महोत्सवको थप आकर्षणका रुपमा गण्डकी तारा र विद्यालयस्तरीय नृत्य तथा गायन प्रतियोगितामा दर्शकको विशेष अभिरुची बढेको पाइएको छ। विद्यालयस्तरीय नृत्यमा एलपी देवकोटा माविकी कृति देवकोटा र गायन बाघमारा एकेडेमीका करुणा सुनार अन्तिम प्रतिष्पर्धाका लागि चयन भए।

त्यसैगरी, गण्डकी तारामा अञ्जली मगर, नवीना गुरुङ, गणेश तामाङ, दिनेश गुरुङ, सपना धाइ थापा र स्मृति गुरुङले प्रतिष्पर्धा गरेका थिए। महोत्सवमा प्रस्तुत गरिएको नृत्य तथा गायनको अन्तिम प्रतिष्पर्दा माघ २० र २१ गते हुनेछ ।

माघ २२ गतेसम्म चल्ने महोत्सवमा प्रदेश ४ का विभिन्न ११ वटा जिल्लाका उद्योगी व्यवसायीका कृषि, हस्तकला, मेशिनरी, कपोर्रेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी लगायत करिब ३ सय ५० वटा स्टल रहेको महोत्सवका प्रचारप्रसार संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए। महोत्सवमा माघ २२ सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width