सन्दीपलाई कार हस्तान्तरण

आदर्श समाज सम्वाददाता
माघ १५, २०७४
car

पोखरा, १४ माघ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला’ को प्रवेश टिकटमार्फत बम्पर उपहार कारविजेता सन्दीप पौडेललाई आइतबार कार हस्तान्तरण गरिएको छ ।पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पौडेललाई कारको साँचो हस्तान्तरण गरे। सन्दीपले कार उपहार पाएकोमा खुसी भएको प्रतिक्रिया दिए।

प्रमुख जिसीले आफै लक्की ड्रमा सामेल भएको स्मरण गर्दै संघले निष्पक्षरुपले गरेको लक्की ड्रबाट अरुहरुले पनि पाठ सिक्नुपर्ने धारणा राखे।

संघ अध्यक्ष विश्वशंकर पालिखेले मेला सफल बनाउन सघाउनेलाई धन्यवाद ज्ञापन गर्दै कारविजेता पौडेललाई बधाई ज्ञापन गरे।

कुस्मा नगरपालिकाका १५ वर्षीय सन्दीप स्थानीय नमूना माविमा कक्षा ९ मा पढ्छन् । प्रहरी सेवामा कार्यरत उनका पिता नारायणप्रसाद पौडेलले सन्दीप पोखरा आएको बेला मेला हेर्नेक्रममा उनको नाममा ०५४८९२ टिकट काटेका थिए ।

पुस २७ देखि माघ ८ गतेसम्म चलेको मेलाको प्रवेश टिकटमा हुण्डाइ कम्पनीको करिब १८ लाख मूल्य पर्ने इवन कार उपहार राखिएकोमा अन्तिम दिन उपहार खोलिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width