रेडक्रस थुमाकोडाँडा उपशाखामा चन्द्रप्रसाद

आदर्श समाज सम्वाददाता
माघ १५, २०७४
chandra

पोखरा, १४ माघ । नेपाल रेडक्रस सोसाइटी मादी गाउँपालिका वडा न. ३,४,५ र ११ थुमाकोडाँडा उपशाखाको सभापतिमा चन्द्रप्रसाद सापकोटा (रवि) चयन भएका छन्।

शाखाको सम्पन्न १२ औं अधिवेशनले सापकोटाको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

सदस्यमा गंगा सापकोटा, बिलबहादुर भुजेल, शिवप्रसाद सापकोटा, गोकर्णसापकोटा, जनक सापकोटा, शंकर गुरुङ, नेत्रप्रसाद तिमिल्सिना र बलराम सापकोटा छन्। निवर्तमान सभापति पदेन सदस्य रहने छन् भने रिक्त १ सदस्यीय आगामी बैठकले मनोनीत गर्नेछ।

जिल्ला समन्वय समिति कास्कीका सदस्य बृहस्पति सापकोटाको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा रेडक्रस सोसाइटी कास्की शाखाका वरिष्ठ उपनिर्देशक खेमराज सापकोटा, रेडक्रस सोसाइटी कास्कीका सदस्य समेत रहेका निर्वाचन अधिकृतसोमनाथ अधिकारी, वडा ४ का वडा अध्यक्ष सत्यराज सापकोटा लगायतले रेडक्रसको महत्वबारे प्रकाश पारेका थिए।

उपशाखाका सभापति पुण्यप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सचिव नारायण सापकोटाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width