तनावपूर्ण खेलमा बंगलादेशी क्लब विजयी

आदर्श समाज सम्वाददाता
माघ १४, २०७४
football

पोखरा, १३ माघ। तनावपूर्ण खेलमा सुदूरपश्चिम स्पोर्र्टिङ क्लबविरुद्ध २-१ गोलको जित निकाल्दै पाहुना टोली उत्तर बरिन्धरा क्लब १६ औं आहारारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम समयमा एकपछि अको खेलाडी गुमाएको बरिन्धरालाई आगामी खेलमा असर पर्नेछ।

पोखरा रंगशालामा शनिबार भएको निकै प्रतिष्पर्धात्मक खेलमा ७४ औं मिनेटमा मिडो मासाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। म्यान अफ दि म्याच उनले सिल्ला सोन्लेमेनको पासमा फष्र्ट बार च्याप्दै गोल गरेका हुन्। त्यसको ४ मिनेटपछि नै सुदूरपश्चिमले बराबरी गर्ने मौका गुमाएपछि खेलमा नतिजा नै उल्टिएको हो। बंगलादेशका जिन्टु मोहम्मदले डिबक्सभित्र फाउल गरेपछि रेफ्री सुदीश पाण्डेले सुदूरपश्चिमलाई पेनाल्टी दिएका थिए। तर सब्स्टिच्युट खेलाडी पोखराकै धीरज गुरुङ पेनाल्टीमा चुके। गुरुङले किपरको दायाँ साइड च्यापेर गरेर फितलो प्रहार बंगलादेशका गोलकिपर ओसमान गोनीले सहजै नियन्त्रणमा लिए।

त्यसपछि दबाबमा रहेको सुदूरपश्चिमविरुद्ध बरिन्धराले ८३ औं मिनेटमा अग्रता दोब्बर बनायो। पहिलो गोलका सहयोगी सिल्ला सोन्लेमेनले दोश्रो गरेका हुन्। विपक्षी डिफेन्सको कमजोरीको फाइदा उठाउँदै उनले मोनिर आलमको पासमा बललाई सिधैँ जाली चुमाए। सुदूरपश्चिमका लागि ८८ औं मिनेटमा विनोद केसीले सान्त्वना गोल गरे। पेनाल्टी बक्सभित्रबाट मनिराम चौधरीले निकालिदिएको पासमा विपक्षी रक्षकलाई छलाएर उनले गोल गरेका थिए। खेलमा सुदूरपश्चिम हावी रह्यो तर स्कोर गर्ने आधा दर्जन बढी मौका गुमाउँदा यसपटक दोस्रो खेलबाटै बाहिरन बाध्य भएको हो। सुदूरपश्चिमले खेलको पाँचौं मिनेटदेखि नै गोल गर्ने मौका गुमाएको थियो।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width