संगम टोल विकास संस्थामा पौडेलको नेतृत्व

आदर्श समाज सम्वाददाता
माघ १४, २०७४
sangam tole nabin

पोखरा, १३ माघ। पोखरा १३ स्थित संगम टोल विकास संस्थाको शनिबार सम्पन १२ आंै साधारणसभा तथा अधिवेशनले आगामी ३ वर्षका लागि धर्मराज पौडेल ‘अल्पायुु को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा दमबहादुर गुरुङ, सचिवमा अञ्जु तामाङ, सहसचिवमा जौबहादुर गुरुङ, कोषाध्यक्षमा सरिता श्रेष्ठ, सदस्यमा तारा गुरुङ ‘क’, शर्मिला परियार, गमबहादुर गुरुङ, तुलसी थापामगर, जितबहादुर गुरुङ, दुर्गाबहादुर श्रेष्ठ, ज्ञानु गुरुङ, मनसुबा परियार, चुमन नेपाली र शिव गुरुङ (माया) छन्।

यसअघि, साधारणसभा उद्घाटन गर्दै वडाध्यक्ष दर्शन लामाले वडाभित्रको विकास निर्माणलाई प्राथमिकता दिने उल्लेख गरे।

कार्यक्रममा संस्थाका सल्लाहकार राजन गुरुङ, प्रत घले, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, संगम क्लबका अध्यक्ष शिव गुरुङ (माया), जयगंगा टोल विकास संस्थाका सचिव कीर्तिबहादुर केसी, संगम आमा समूहका अध्यक्ष लोकमाया गुरुङले बोलेका थिए।

त्यस अवसरमा ज्येष्ठ नागरिक टीकामाया गुरुङ, बसुन्धरा गुरुङ, बुद्विमाया तामाङ र अम्बिका परियारलाई सम्मान गरिएको थियो।

त्यस्तै, सक्रिय सदस्यका रुपमा रुवि गुरुङ, नन्दकला गुरुङ, शर्मिला परियार र टीकामाया गुरुङलाई सम्मान गरिएको थियो।

साधारणसभाले सचिव धर्मराज पौडेल ‘अल्पायु’ ले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष तारा गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

संगम टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष सुवेदार नरेशकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संगम आमा समूहका अध्यक्ष लोकमाया गुरुङले स्वागत र संस्थाका सचिव धर्मराज पौडेल ‘अल्पायू’ ले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width