तीव्रेकोट सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा

आदर्श समाज सम्वाददाता
माघ १४, २०७४
hemja tibrikot

हेमजा, १३ माघ । हेमजास्थित तीव्रेकोट सामुदायिक वन उपभोक्ता समूहको १५ औँ साधारण सभा हेमजामा शनिबारसम्पन्न भएको छ ।

साधारण सभा उद्घाटन गर्दे प्रमुख अतिथि जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालले

समूहले गरेका कार्य विधिसम्मत र प्रभावकारी रहेको बताए ।

बरालले चालु आवमा नर्सरी निर्माण तथा व्यवस्थापन कार्यक्रमका लागि तीवे्रकोट सामुदायिक वनलाई छनोट गरिसकिएको र आगामी दिनमा कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जडिवुटी कार्यक्रमका लागि योजना पेस उपभोक्ता समितिलाई अनुरोध गरे ।माछापुच्छे्र विकास संघ कास्कीका उपनिर्देशक दिलबहादुर भट्टराईले तीव्रेकोट सामुदायिक वन उपभोक्ता समितिले महिला उत्थानका क्षेत्रमा गरेका कार्य अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

यसअघि माछापुच्छे्र विकास संघ कास्कीले यस समूहलाई घुम्तीकोषका शौचालय निर्माणका लागि आर्थिक सहयोग, होटल कुक, व्युटिसियन तथा प्लम्विङसम्बन्धी ३ जना उपभोक्ता सदस्यका लागि १ महिने तालिम प्रदान गरेको छ ।

कार्यक्रममा इलाका वन कार्यलय पोखरा २५, हेमजाका वन अधिकृत प्रतीक्षा पनेरु, केयर नेपालका प्रतिनिधि रमा त्रिपाठी, गभेकुन सामुदायिक वन उपभोक्ता समूहका सहसचिव कृष्ण पौडेल, माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष डम्बरसिंह बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपभोक्ता सदस्य मनबहादुर बिकका छोरा मिलन तथा शिवराज कुँवरका छोरी स्वस्तिकालाई तीव्रेकोट छात्रावृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा समूहका ज्येष्ठ नागरिक सदस्य भूपू सल्लाहकार सदस्य तथा उपभोक्ता सदस्य साविक हेमजा ९, निवासी ह.टेकबहादुर  कुँवरलाई सम्मान गरिएको थियो । ३ जना भाग्यमानी उपभोक्ता छनोटमा ३ जना सदस्यलाई पुरस्कृत गरियो।

कार्यक्रममा उपभोक्ता समिति सदस्य विशालजंग कुँवरले गत आवमा सम्पन्न विविध कार्यक्रम सहितको प्रगति विवरण तथा चालु आवको वाषिर्क कार्यक्रमसहितको प्रगति प्रतिवेदन पेस गरे ।

यस्तै, सचिव कृष्णबहादुर कुँवरले संस्थागत विकास र सुशासनसँग सम्बन्धित प्रतिवेदन तथा समूहका कोषाध्यक्ष गीतालक्ष्मी त्रिपाठीले लेखापरीक्षण प्रतिवेदन र आगामी आवको लागि ११ लाख हजार रुपैयाँको प्रस्तावित आयव्यय बजेट पेश गरे ।

तीव्रेकोट सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष विशालजङ्ग कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सहसचिव प्रेमबहादुर कुँवरले गरेका थिए । सञ्चालन सचिव कृष्णबहादुर कुँवरले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width