कास्कीबाट थपिए ९ शहीद

आदर्श समाज सम्वाददाता
माघ १२, २०७४

कास्कीबाट ९ जना शहीद थपिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई शहीद घोषणा गरेको हो ।

तत्कालीन सशस्त्र द्वन्द्वका बेला माओवादीबाट मारिएका ८ जना र पञ्चायतकालमा सरकार पक्षबाट मारिएका १ जना गरी ९ जना शहीदको सूचीमा सूचीकृत भएका छन् ।

साविक सल्यान गाविसका कृष्णबहादुर गुरुङ, साविक घान्द्रुक गाविसका इश्वर गुरुङ, साविक माछापुच्छ्रे गाविसका टेकबहादुर गुरुङ र पूर्णबहादुर भुजेल, साविक मिजुरेडाँडा गाविसका सु. रतनसिंह गुरुङ, साविक लेखनाथ नगरपालिका ५ का चन्द्रबहादुर राजभाट, पोखरा ९ का गणेशमान पालिखे र साविक हंसपुर गाविसका पशुपति रानाभाटलाई शहीद घोषणा गरिएको हो । सशस्त्र द्वन्द्वका बेला उनीहरुलाई विभिन्न समयमा मारिएको थियो ।

२००७ सालमा जन्मिएका सल्यानका कृष्णबहादुर गुरुङलाई घरमा भात खाइरहेको अवस्थामा २०५९ बैशाख ६ गोली हानी हत्या गरिएको थियो । २०२८ सालमा घान्द्रुकमा जन्मिएका इश्वरबहादुर गुरुङको २०६१ साल बैशाख २८ मा घर नजिकै सार्वजनिक चौरमा हत्या भएको थियो । माछापुच्छ्रेका टेकबहादुर गुरुङलाई २०५८ पुस १२ गते घरबाट बारीमा लगेर मारिएको हो । माछापुच्छ्रेकै पूर्णबहादुर भुजेललाई २०६० असोज ९ गते घरकै पिँढीमा गोली हानेर मारिएको थियो । २००० भदौ १५ गते जन्मिएका मिजुरेका रतनसिंलाई २०६२ माघ १० गते घरबाट अपहरण गरेर बाटोमा लगी हत्या गरिएको थियो । १९९९ जेठमा जन्मिएका पोखरा नागढुंगाका गणेशमान पालिखेलाई २०६२ साल बैशाख २९ गते जनप्रिय क्याम्पसबाट घर फर्किने क्रममा घरकै गेटमा गोली हानिएको हो । उनी जनप्रिय क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख समेत थिए ।

१९९० मा जन्मिएका हंशपुरका पशुपति रानाभाटलाई सेनालाई सुराकी लगाएको आरोपमा लेखनाथको मोहोरियामा २०६१ ज्ोठ ३ गते हत्या गरिएको थियो । लेखनाथका चन्द्रबहादुर राजभाटको दशैंका बेला डाँडाको नाक चौकीमा प्रहरी साथीलाई भेट्न जाँदा माओवादी आक्रमणमा परेर मृत्यु भएको हो । २०३४ सालमा जन्मिएका उनको २०६१ असोज ११ गते मृत्यु भएको थियो । यसैगरी, २०१८ सालमा मारिएका ल्वाङघलेलका हरिप्रसाद गुरुङलाई पनि शहीद घोषणा गरिएको कानुनमन्त्री थापाले जानकारी दिए । उनलाई तत्कालीन पञ्चायत सरकारले चितवनमा समातेर जिउँदै गाडेको थियो ।

यसअघि, कास्कीमा १ सय २ जना शहीद थिए । बिहीबारको घोषणापछि जिल्लाका शहीदको संख्या १ सय ११ जना पुगेको छ । त्यसमा माओवादीका मात्रै ३८ जना छन् । जुन सशस्त्र द्वन्द्वका बेला राज्यपक्षले मारिएका ब्यक्ति हुन् । त्यसबाहेक नेपाली सेना, नेपाल प्रहरी र काँग्रेस एमाले लगायत पार्टीाट पनि शहीद घोषणा गरिएका छन् । त्यसअघि यहाँ शहीद घोषणा गरिएको तथ्यांक भेटिँदैन ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width