लेखनाथ, ११ माघ। प्रादेशिक औद्योगिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव बिहीबारदेखि तालचोकमा शुरु भएको छ।
महोत्सव उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले राजनीतिक क्रान्ति सकिएकोले अब सबै दल आर्थिक समृद्धि र विकासतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए। अब बन्ने नयाँ सरकारले जनतामा परिवर्तनको महसुस हुने गरी काम गर्ने विश्वास व्यक्त गर्दै साविक लेखनाथ नगरपालिकामा प्रादेशिक सभाहल बनाउन आफूले प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
सम्भावनाको खोजी र विकासका पूर्वाधार खडा गर्दै अघि बढ्न आयोजकलाई सुझाव दिँदै अधिकारीले भू-उपयोगलाई प्राथमिकता राखेर समग्र पोखरा उपत्यकाको विकासले मात्र यस क्षेत्रको विकास हुने बताए ।
आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले यस क्षेत्रको विकासका लागि संघले सहजीकरणको भूमिका निर्वाह गर्दैआएको बताएले । उनले लेखनाथ नगर क्षेत्रभित्रको सम्भावना र चुनौती आत्मसाथ गर्दै सबैको साथ र सहयोगले जग्गा व्यवस्थापन गरी स्थायी प्रदशनी केन्द्र स्थापना गर्ने योजना रहेको धारणा राखे।
प्रदेशसभा सदस्य दीपक कोइरालाले अब भाषणमात्र नगरी वास्तविक रुपमा काम गरेरै देखाउने गरि आफूहरु अगाडि बढेको बताए । उनले लेखनाथलाई रोजगारीका लागि उपयुक्त क्षेत्र बनाउनु पर्ने सुझाव दिए ।
प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आर्थिक क्रियाकलापले मात्र देशको देश विकास सम्भव भएको विचार व्यक्त गरेे।
कार्यक्रममा व्यापार तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, उद्योग वाणिज्य महासंघ प्रदेश ४ का अध्यक्ष सञ्जीवबहादुर कोइराला, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, महिला प्रतिनिधित्व गर्दै बुद्धिकुमारी थापामगरलगायतले महोत्सवको महत्व र उपयोगिताबारे प्रकाश पारे।
संघ अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव भरतकुमार अधिकारीले सञ्चालन र वरिष्ठ उपाध्यक्ष बलराम ढकालले धन्यवाद ज्ञापन गरेका थिए।
महोत्व उद्घाटन पूर्व करिब ३ सय बढी विभिन्न जनजाति, आमा समूह तथा टोल विकास संस्थाले आ-आफ्नो भेषभूषा झल्कने गरी झाँकी र्याली निकालेका थिए।
उद्घाटन समारोहमा लोकदोहोरीगायक पुरुषोत्तम न्यौपाने, जानकी तारकीमगर, शिवहरि ढुंगाना, रामजी पौडेल, सरिता सारुमगर लगायतको प्रस्तुति रहेको थियो ।
शुक्रबार राजु गुरुङ, सीता केसी, कृष्ण सुवेदी, परशुराम अधिकारी, बन्धुराज खनाल, वीरबहादुर आरसी, कमला गैरे, आयुष थापा, कल्पना आले र हास्यतर्फ पोख्रेली धुर्मुस र माग्ने बुढाको प्रस्तुति रहनेछ । लाइभ पप कर्न्र्सटमा निनाद ब्याण्डको प्रस्तुति रहने स्टेज संयोजक तथा वरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोलाले जानकारी दिए।
‘महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूलनाराका साथ शुरु महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कपोर्रेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी लगायत करिब ३ सय ५० स्टल राखिएका छन् । आगामी माघ २२ गतेसम्म चल्ने महोत्सवबाट ३ लाख दर्शक भित्राइने आयोजकको लक्ष्य छ । यस्तै, करिब १५ देखि २० करोड रुपैयाँ बराबरको कारोबार हुने र १ करोड रुपैयाँ आम्दानी गरी खर्च कटाएर २० लाख बचत गर्ने आयोजकको अनुमान छ ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९