Worldlink ads

एनसिसि कोरिया स्थापना भएको क्षणको सम्झना

आदर्श समाज सम्वाददाता
माघ १२, २०७४
ncc by nabin

पोखरा, ११ माघ। नेपालीका लागि नेपाली भन्दै २५ वर्षअघि दक्षिण कोरियामा स्थापना गरिएको नेपाली सर्म्पर्क समिति -एनसिसि) को स्थापना गर्दाको क्षण पोखरामा सम्झिएको छ । नेपाली सर्म्पर्क समिति -एनसिसि) कोरियाको सबैभन्दा पुरानो संस्था हो ।

स्थापनाकालीन २२ सदस्यमध्ये ५ जना पोखरेली रहेका र उनीहरुको उपस्थितिमा पोखरामा एक कार्यक्रम गरी शुरुका दिनमा कोरियामा राजदुतावास नहुँदाका पीडा र नेपालीले पाएको दुःखका कारण एनसिसिको स्थापना गरिएको बताए।

स्थापनाकालीन सदस्य नीरज थापाले कोरियाले चरम विकासमा फड्को मार्न शुरुगरेलगत्तै केही नेपाली विभिन्न माध्यमबाट दक्षिण कोरिया गएका र उनीहरुले त्यहाँ पाएको दुःख, पीडा र भोगाइलाई साटासाट गर्ने हेतुले एनसिसिको जन्म भएको बताए ।

उनले एनसिसिको स्थापना भएपछि कोरियामा ज्यान गुमाएका कास्की सिक्लेसका चन्द्रसिंह गुरुङका अपाङ्गता भएका छोरालाई विभिन्न संस्थासँंग हातेमालो गर्दै आर्थिक सहयोग गर्दै आएको र उनलाई सहयोग गर्न अनुरोध गरे ।

अर्का सदस्य शिवजी कोइरालाले स्थापनाका केही साथीहरु मिलेर पोखरामा केही फम सञ्चालन गरेको जानकारी दिँदै कोरियामा आर्जन गरेको ज्ञान, सीप र अर्थ आफ्नै देशमा लगानी गर्न सके नेपाल नै कोरिया हुने विचार राखे ।

अर्का सदस्य कृष्णप्रसाद अधिकारीले कोरियामा शुरुका दिनमा पाएको कष्ट र दुःख सम्झना गर्दै आर्जित ज्ञान, सीप र अर्थलाई आफ्नै गाउँठाउँमा लगानी गर्न आग्रह गरे ।

कोरियाबाट फर्केर पोखरामा विश्वमैत्रि भाषा स्कुल सञ्चालन गरेका दोय यम जोशी र सिएम गुरुङ, बाराही टिर्सटका सञ्चालक विजय साही, डिभिलेज रेष्टुरेण्टका सञ्चालक कृष्ण पौडेल पत्रकार निकुञ्ज तिवारी, तिलक थापा, लक्ष्मण क्षेत्री, देविन्द्र पुन, सावित्रि गुरुङ पुन, उमाकान्त पराजुली, शक्तिमान गुरुङ लगायतले कोरियाका अनुभव आदानप्रदान गरेका थिए ।

त्यस्तै, स्थापनाकालीन सदस्यमध्ये भूपेन्द्र गिरीले एनसिसिलाई शुभकामना दिए।

उक्त भेलाले आगामी दिनमा कोरियाबाट फर्केकाहरुको भेला आयोजना गर्ने र केही विकास र सामाजिक कार्यमा हातेमालो गर्ने निर्णय समेत गरेको छ।

Related News

सम्बन्धित समाचार

    • विजेतालाई उपविजेताको सम्मान !

      रामशरण नेपाली असाेज ९, २०७८
      लेखनाथ । चुनावमा पराजित भएसँगै संस्थालाई फर्केर नहेर्ने कतिपय उम्मेदवारको प्रवृत्ति हुन्छ । तर लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमै नयाँ अभ्यास…
    • ३ खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

      रासस असाेज ८, २०७८
      काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव…
    • न्यादी हाइड्रोपावरको आइपिओ आउँदै

      रासस असाेज ८, २०७८
      काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले…
    • सुनको मूल्य घट्यो

      रासस असाेज ७, २०७८
      काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार…
    • सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्र्टबीच सम्झौता

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads