Worldlink ads

निर्माण व्यवसायीको विरोध प्रदर्शन

आदर्श समाज सम्वाददाता
माघ १०, २०७४
DSC00530

पोखरा, ९ माघ। निर्माण सामग्रीमा मूल्यवृद्वि भएपछि पोखराका निर्माण व्यवसायी आक्रामक बनेका छन्।

मूल्यवृद्वि गर्ने कम्पनी तथा मनोमानी रुपमा गरिएको मूल्यवृद्वि नियन्त्रण गर्न नसकेको भन्दै निर्माण व्यवसायी सरकारसँग आक्रामक भएका हुन्। मूल्यवृद्विसँगै उपभोक्ता मारमा पर्दा निर्माण कार्य प्रभावित भएको उनीहरुको गुनासो छ।

निर्माण व्यवसायीका अनुसार पछिल्लो एक महिनामा मनोमानी रुपमा ६ पटकसम्म मूल्यवृद्वि भएको छ। सबैजसो निर्माण सामग्रीमा मूल्यवृद्वि भएको उनीहरुको भनाइ छ। प्रतिबोरा सिमेन्टमा १ सय ८० रुपैयाँसम्म र प्रतिकेजी रडमा १५ रुपैयाँसम्म मूल्यवृद्वि भएको बताइएको छ। मूल्यवृद्वि विरोध तथा सरकारको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीले पोखरामा मंगलबार जुलुस प्रदर्शन गरेका छन्। मानवअधिकारचोकबाट शुरु जुलुस न्यूरोड, सभागृहचोकहँुदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। निर्माण व्यवसायी समिति कास्की नेपालले गरेको विरोध र्‍यालीमा स्वरोजगार निर्माण व्यवसायी समिति कास्की, श्रम निर्माण व्यवसायी समिति कास्की र लेखनाथ निर्माण व्यवसायी समितिको पनि सहभागिता थियो।

कोणसभामा मूल्यवृद्वि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीहरुले भने- ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलार्ई सरकार बेवास्ता गरे देश नै ठप्प पार्छ।’

कार्यक्रममा निर्माण व्यवसायी समिति कास्की नेपालका अध्यक्ष अर्जुन थापाले शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न चेतावनी दिए।

समितिका वरिष्ठ उपाध्यक्ष नारायण गुरुङले जनताको ढाड सेक्ने र निर्माण कार्य समेत प्रभावित हुने गरी गरिएको मूल्यवृद्विविरुद्व सबै एकजुट बन्नुपर्नेमा जोड दिए।

निर्माण व्यवसायी समितिका कास्की नेपालका सल्लाहकार भीमबहादुर शाहीले मनोमानी रुपमा गरिएको मूल्यवृद्वि नियन्त्रण गर्न नसक्नु सरकारको लाचारी भएको उल्लेख गरे।

कार्यक्रममा श्रम निर्माण व्यवसायी समिति कास्कीका अध्यक्ष गुञ्जलाल श्रेष्ठ र निर्माण व्यवसायी समिति कास्कीका सचिव नवराज बस्नेतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…
    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…
    • बुधबारदेखि सरकारले खर्च खर्च गर्न नपाउने

      रासस भाद्र २९, २०७८
      काठमाडौं । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय…
    • व्यवसायीको क्षमता विकास मेरो एजेन्डा : भट्टराई

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads