अर्मलाको बास्केटबल कोर्ट समुदायलाई

आदर्श समाज सम्वाददाता
माघ १०, २०७४

पोखरा, ९ माघ । पोखरा १६ को अर्मलकोटमा नवनिर्मित बास्केटबल कोर्ट समुदायलाई हस्तान्तरण गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष टेण्डी लामा शेर्पाको प्रमुख आतिथ्यमा उक्त कोर्ट समुदायलाई हस्तान्तरण गरिएको हो।

अर्मला कोर्टमा कोर्ट निर्माण गर्न अर्मला निवासी ब्रिटिश सेनाका सेवानिवृत डव्लुओवान जितबहादुर गुरुङको ठूलो देन छ।

२०७१ सालमा करिब ४ रोपनी जग्गामा फैलिएको उक्त बास्केटबल कोर्ट निर्माण गर्न जितबहादुरले ४ लाखमा जग्गा किनेर शुरु गरेका थिए। परापूर्वकालदेखि श्रीपंचमी मेला समेत लाग्ने गरेको उक्त गाँउमा मनोरञ्जन गर्ने स्थानका समेत नहुँदा जितबहादुरले गाँउका समाजसेवीसँग मिलेर यो कार्यको शुरु गरेको बास्केटबल संघका उपाध्यक्ष एवम अर्मला निवासी जुमप्रसाद गुरुङले बताए। जुम गुरुङका परिवारले पनि उक्त स्थानमा रहेको १९ आना जग्गा खेल मैदानका लागि दान गरेका छन्।

मैदान निर्माण गर्न अर्मला निवासी हाल युकेमा कार्यरतले अर्मला भाइखलक संस्थाका माध्यमबाट करिब ३६ लाख रुपैयाँ पठाएको जुम गुरुङले बताए। जितबहादुरले मात्रै करिब १७ लाख रुपैयाँ मैदान निर्माण प्यारापिट निर्माणका लागि खर्च गरेका छन्। उनले आफ्नो बुवा टंकप्रसादको स्मृतिमा करिब ५ लाख ५० हजार खर्चेर प्यारापिट समेत निर्माण गरिदिएका छन्।

गाउँका काजीखलक चेली बेटी समाजले पनि एक लाख प्रदान गरेका छन्।  जग्गासहित सम्पूर्ण खर्च ५३ लाख ५० हजार भएको बताइएको छ । कार्यक्रममा कोर्ट निर्माणमा सहयोग गर्ने दातालाई प्रमुख अतिथि शेर्पाले सम्मान गरे ।

बास्केटबल कोर्ट उपाध्यक्ष शेर्पा र डव्लुओवान जितबहादुर गुरुङकी ८९ वर्षीय आमा मुङ्गा गुरुङले संयुक्त उद्घाटन गरेका थिए। सीता आधारभूत विद्यालय अध्यक्ष भूपालसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ओलोम्पिक कमिटी सदस्य तेज गुरुङ, वडाध्यक्ष जीवन आचार्य लगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width