कंगारुको काठमाडौंमा शैक्षिक मेला

आदर्श समाज सम्वाददाता
माघ १०, २०७४
kangaroo

पोखरा, ९ माघ। कंगारु ऐजुकेशन फाउण्डेशनले वैदेशिक अध्ययन गर्न चाहने विद्यार्थीलक्षित गरी आयोजना गरेको कंगारु ऐजुकेशन फेयर काठमाडौंमा मंगलबार सम्पन्न भएको छ।

उक्त शैक्षिक मेलामा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका र यूरोपका गरी २० वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजको सहभागिता थियो।

मेला अवलोकनमा आएका विद्यार्थी तथा अभिभावकलाई एकै ठाँउबाट विभिन्न देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पूर्ण जानकारी दिइएको फाउण्डेशनका संस्थापक तथा प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले बताए।

नेपाली विद्यार्थीको वैदेशिक अध्ययनको बढ्दोक्रम मध्यनजर गर्दै आयोजना गरिएको उक्त मेलामा प्रयोगात्मक तथा सीपमूलक प्रोग्रामबारे जानकारी प्रदान गरिएको थियो।

मेलामा विद्यार्थी तथा अभिभावक गरी १ हजार ७ सय २० जनाले मेला अवलोकन गरेको फाउण्डेशनका अन्तराष्ट्रिय परामर्श निर्देशक टिआर काफ्लेले बताए।

विद्यार्थीले आफूले जान चाहेको देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौटदेखि परिपक्व डकुमेन्टेसन मार्फत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएका छन्।

फाउण्डेशनले पहिलो पटक आयोजना गरेको उक्त मेलामा आइडीपी तथा नेपाल एसबिआई बैंकको पनि सहभागिता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अंग्र्रेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जासम्बन्धी समेत जानकारी लिएको बताइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width