१६ औं आहा रारा गोल्डकप तयारी पूरा

आदर्श समाज सम्वाददाता
माघ ८, २०७४
sahara

पोखरा, ७ माघ । सहारा क्लब पोखराको आयोजनामा यही मंगलबारदेखि पोखरा रंगशालामा १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ । माघ २० सम्म चल्ने उक्त प्रतियोगिताको आवश्यक तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

विदेशी २ सहित १२ टिमको सहभागिता रहने प्रतियोगितामा उद्घाटन खेल आयोजक र धनगढीको सुदूरपश्चिम ११ स्पोर्र्टिङ क्लबबीच हुने प्रतियोगिता संयोजक हरेराम गुरुङ सुरजले जानकारी दिए ।

प्रतियोगितामा विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ, मनाङ मस्र्याङ्दी, संकटा, झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, थ्रिस्टार, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लब प्रतिष्पर्धामा सहभागी हुँदैछन् ।

आयोजकले यसपालि पुरस्कार राशिमा वृद्धि गरी विजेतालाई ७ लाख १ हजार र उपविजेतालाई ३ लाख ५१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र दिने जनाएको छ । सवोर्त्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर, सर्वाधिक गोलकर्तालाई २५ हजार र वेष्ट अफ फाइभ विधातर्फ जनही १५ हजार पुरस्कार दिइनेछ ।

यस्तै, आयोजकले प्रत्येक टिमलाई एक खेल खेलेवापत अतिरिक्त प्रोत्साहन स्वरुप नगद रकम उपलब्ध गराउने जनाएको छ । जसमा प्रिक्वाटर विजेताले २० हजार, पराजितले १० हजार, क्वाटरफाइनल विजेताले ३० हजार, पराजितले २० हजार, सेमिफाइनल खेल्ने टिमले ५० हजार रुपैयाँ’ पाउनेछन् ।

हिमश्री फुड्सका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले प्रतियोगिता पोखराको चिनारी भएको भन्दै समयक्रमसँगै अझै परिस्कृत गर्दै जानुपर्ने बताए ।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकषिर्त गर्न प्रवेश टिकट आधारमा १ जना भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइनेछ भने अर्का १ दर्शकले एलजी टीभी पाउनेछन् । दर्शक टिकट क्रमशः ७०, एक सय र १ सय ५० रुपैयाँ’ रहेको क्लब महासचिव विश्वराज बरालले जानकारी दिए ।

उक्त अवसरमा क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान निर्माणमा कुनै दुविधा नभएको र आगामी वर्ष मज्जाले फुटबल हेर्न पाइने विश्वास दिलाए । उनले कास्की, तनहुँ र रुपन्देहीमा फुटबल प्रतियोगिताका लागि राखेपबाटै रकम छुट्याउने व्यवस्थामा पहल गरेको बताए । यसपालि आहा रारा गोल्डकपलाई ५ लाख सहयोग गरिएको र आगामी वर्ष उक्त रकम दोब्बर पारिने घोषणा गरे । आगामी सागका लागि पुनःनिर्माण गर्न हाल रंगशालाको प्याराफिट भत्काइएको भए पनि आयोजकले दर्शकका लागि अस्थायीरुपमा स्काफोल्डिङ प्याराफिट निर्माण जारी राखेको जनाएको छ ।

क्लब अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतियोगिता संयोजक सुरज गुरुङ र सञ्चालन महासचिव विश्वराज बरालले गरेका थिए । उक्त अवसरमा हिमश्री फुड्स प्रालिले खेलाडीका लागि जर्सीसहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width