रोटरी क्लब पोखरा लेकसाइडको सहयोग

आदर्श समाज सम्वाददाता
माघ ८, २०७४

पोखरा, ७ माघ । रोटरी क्लब अफ पोखरा लेकसाइडले सप्तरीका शीतलहर पीडितलाई न्यानो कपडा सिरक तथा ब्ल्याङ्केट वितरण गरेको छ ।

कार्यक्रम संयोजक अर्जुनप्रसाद खनालको नेतृत्वमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ का बाढी प्रभावित क्षेत्रका वृद्धवृद्धा, अपांग, बालबालिका तथा असहायलाई उक्त न्यानो कपडा वितरण गरिएको हो ।

खनालका अनुसार २५ थान सिरक, ७५ थान ब्ल्याङ्केट र २० थान झुल वितरण गरिएको हो ।

सो अवसरमा हनुमाननगर कंकालिनी वडा १४ का अध्यक्ष सत्यनारायण यादव, सशस्त्र प्रहरी उपरीक्षक रामाअधार यादव, पत्रकार चन्दनकुमार यादव लगायत सहभागी थिए ।

हिमाल, पहाड र तराईमा परेको विपद्मा सहयोगको मल्हम लगाउनु सबैको कर्त्तव्य भएको र रोटरी पोखरा लेकसाइडले पनि विभिन्न समयमा सामाजिक कार्य गर्दैआएको कार्यक्रम संयोजक खनालले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width