Worldlink ads

उपहार सहकारीको रक्तदान

आदर्श समाज सम्वाददाता
माघ ८, २०७४
tirtha dd wada 11

पोखरा, ७ माघ । उपकार बचत तथा ऋण सहकारी संस्थाले दशौ वर्ष प्रवेश गरेको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । पोखरा ६, नारेश्वरमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

प्रमुख अतिथि प्रदेश सदस्य राजीव पहारीले दानमध्ये रक्तदान र मतदान महत्वपूर्ण हुने बताए । उनले आफूले फेवाताल संरक्षणलाई प्राथमिकतामा राखेको बताए ।

वडा ६ का अध्यक्ष जगतबहादुर पहारीले उपकार सहकारीले सरसफाइ, रक्तदान, आँखादान लगायतका थुप्रै सामाजिक कार्यहरू गर्दै आईरहेको र अन्य सहकारीले पनि यस्ता कार्यहरू गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा टोल विकास समन्वय समितिका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी वडा ६ का सभापति गिरिराज अधिकारी, राष्ट्रिय सम्पदाका अध्यक्ष तथा पोखरा उपत्यका बृहत् सरसफाइ अभियानका संयोजक रामबहादुर पौडेल, नागरिक समाज पोखराका कार्यवाहक संयोजक विष्णुहरि अधिकारी, महिला समन्वय समिति संयोजक विष्णु केसी, साइनिग स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुनप्रसाद पान्डे, रक्त संचार केन्द्र पोखराका संयोजक धुब लामिछाने लगायतले बोलेका थिए ।

उक्त अवसरमा सहकारीले पोखरा उपत्यका बृहत् सरसफाइ कार्यक्रमलाई सहयोग स्वरूप संयोजक रामबहादुर पौडेललाई केही थान ज्याकेट सहयोग गरेको छ । संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विजय पहारीको संयोजकत्वमा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले गरेका थिए । कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन सहसचिव कृष्णकुमारी घिमिरेले गरेकी थिइन् । कार्यक्रममा सदस्य तुलसी दाहाल, सचिव नारायणप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग