पोखरा, ६ माघ । पोखराका सामाजिक परिचालकले जागिरबाट हटाएर आफूहरुलाई राज्यले अन्याय गरेको बताएका छन् ।
पोखरामा शनिबार पत्रकार सम्मेलन गरी उनीहरुले संक्रमणका बेला सामाजिक परिचालकलाई प्रयोग गरेर अहिले हटाउनु श्रमशोषण भएको प्रतिक्रिया दिए । ‘राज्यलाई हाम्रो आवश्यक पर्दा मरेर काम गर्यौं । अहिले हामीलाई नै फाल्तु बनाएर रोडमा फालिदियो’-उनीहरु भन्छन्-‘यो श्रमशोषण हो । हामीमाथि अन्याय भयो ।’
केन्द्रिय सरकारले सामाजिक परिचालकको जिम्मा स्थानीय सरकारलाई दिए पनि त्यसप्रति स्थानीय तह उदासीन बनेको उनीहरुको आरोप छ । ‘प्रोजेक्ट सकिएपछि राम्रा काम गरेका सामाजिक परिचालकलाई स्थानीय सरकारले काममा लगाउन सक्ने भनेर परिपत्र आएको छ । धेरै पटक परिपत्र लिएर महानगरमा जाँदा माग सुनुवाई भएन’-पोखरा ७ की सामाजिक परिचालक कमला बास्तोलाले भनिन्-‘वहाँहरु सामाजिक परिचालक राख्ने आर्थिक श्रोत छैन भन्नुहुन्छ तर विदेश डुल्न जाने पैसा कहाँबाट आयो ?’ सामाजिक परिचालक राख्ने मनसाय नभएका कारण बहानाबाजी गरिएको उनको गुनासो छ । सामाजिक परिचालक कर्मचारी संघ कास्कीकी उपाध्यक्ष सरिता केसीले सरकारको काम गरेका सामाजिक परिचालकलाई एनजिओ भनेर पाखा लगाउनु दुर्भाग्य भएको टिप्पणी गरिन् । ‘बिदा र चाडबाड नभनी सरकारको काम गर्यौं । परिचय पनि दिन नसक्नेहरु अहिले प्रपोजल लेखेर बजेट माग्न सक्ने भएका छन्’-उनी भन्छिन्-‘दिनरात सरकारका लागि खटिएका हामीलाई अहिले एनजिओको कर्मचारी बनाइयो ।’ सामाजिक परिचालकले विगतको कार्यसम्पादन मूल्यांकन गरेर तत्काल पुनःस्र्थापनाको माग गरेका छन् । पुनःस्र्थापना नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी भने थप कर्मचारी खाँचो नभएको भन्दै सामाजिक परिचालकलाई नियुक्ति दिन नसक्ने अडानमा छन् । पोखरामा ४७ जना सामाजिक परिचालक छन् भने कास्कीभर ७७ जना छन् । सबै परिचालक समायोजनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक
तीज महत्वविषयक प्रशिक्षण
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९