Worldlink ads

कविता प्रतियोगितामा न्यौपाने प्रथम

आदर्श समाज सम्वाददाता
माघ ७, २०७४
durga neupana

लेखनाथ, ६ माघ। १४ औ संस्करणको लेखनाथ महोत्सवको पूर्वाद्धमा आयोजित राष्ट्रियस्तरको कविता प्रतियोगितामा कवि दुर्गा न्यौपाने प्रथम भएकी छन् । उनको ‘आखिर किन -’ शीर्षकको कविता २३ कविका कवितालाई पछि पार्दै उत्कृष्ट हुन सफल भएको हो ।

त्यस्तै, ‘बाँदरको हातमा नरिवल हुनुहुन्न देश’ शीर्षकको इन्द्रराना प्रतीकको कविता द्वितीय, ‘ताली भयो जीन्दगी’ शीर्षकको छविलाल आचार्यको कविताले तृतीय स्थान हासिल गरेको छ।

प्रतियोगितामा कवि नवराज अधिकारी, अमृत घिमिरे, आदर्श सुशील, सुनिता घिमिरे र रोजिना आचार्य गरी ५ जना कविका कविता सान्त्वना भए । कवि शिरोमणि लेखनाथ पौडेलको सम्मानमा महोत्सव शुरु हुनु अघि ५ दिनअघि पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार भएको प्रतियोगिता सम्पन्न भएको हो । जसमा देशभरबाट दर्ता भएका ८५ कवितामध्येबाट निर्णायक मण्डलले उत्कृष्ट २४ वटा कविता छनोट गरेको थियो । छनोट कविता शनिबार वाचन गरिएको थियो ।

प्रतियोगिता उद्घाटन गर्दै प्राज्ञ हरिदेवी कोइरालाले माटो र मुटुको प्रतिविम्ब साहित्यलाई महोत्सवले समेटेकोमा खुशी व्यक्त गर्दै जीवन र जगत्को प्रस्तुति कविताले गर्ने बताइन्। उनले हरेक वर्ष लेखनाथ महोत्सवले नेपाली साहित्यका कविशिरोमणि लेखनाथ पौड्याललाई सम्झेको बताइन्।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा संघका प्रथम उपाध्यक्ष क्षत्रधर आत्रेय, पोखरा लेखनाथ महानगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, पुरस्कार प्रायोजक सूर्यमणि लामिछाने लगायत बोलेका थिए। कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले स्वागत र आयोजक संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले धन्यवाद ज्ञापन गरेका थिए। प्रतियोगिता सञ्चालन कविता प्रतियोगिता संयोजक कृष्णप्रसाद ढुंगानाले गरेका थिए।  निर्णायक प्राडा रविलाल अधिकारी, साहित्यकार नारायण मरासिनी र डा जगन्नाथ रेग्मी रहेका थिए। प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ७ हजार र सान्त्वनाले २ हजार रुपैयाँ पाउनेछन् । पुरस्कार महोत्सव अवसरमा वितरण गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • ‘आकाशगंगाको किनार’ लोकार्पण

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । कवि एवं लेखक अजित उत्सवको कविता संग्रह ‘आकाश गंगाको किनार’ पोखरामा लोकार्पण गरिएको छ । नेपाल संगीत तथा…
    • नीलकण्ठ घिमिरेको ‘शान्ति कामना’ लोकार्पण

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । नीलकण्ठ घिमिरेका कविताको संग्रह ‘शान्ति कामना’ शनिबार लोकार्पण गरिएको छ । उनको तेस्रो स्मृति दिवस पारेर महाकाव्यकार जनार्दनशरण…
    • लोकनृत्य कलाकार संघबाट सम्मान

      आदर्श समाज सम्वाददाता मंसिर ७, २०७८
      पोखरा । लोकनृत्य कलाकार संघ कास्कीको प्रथम वार्षिकोत्सव कलाकार सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । संस्थाले गुरुङ चलचित्रका…
    • निबन्ध प्रतियोगितामा शीतलादेवीकी करिना प्रथम

      आदर्श समाज सम्वाददाता मंसिर ५, २०७८
      पोखरा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्तीका अवसरमा पोखरा प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित पोखरा महानगरपालिकाका विद्यालयबीचमा बीचमा भएको निबन्ध प्रतियोगितामा…
    • समता काव्य सन्ध्याको ३४२ औं शृंखला

      आदर्श समाज सम्वाददाता मंसिर ५, २०७८
      पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४२ औं शृंखला शनिबार…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग