Worldlink ads

रेडक्रस अर्घौ उपशाखामा आचार्य

आदर्श समाज सम्वाददाता
माघ ७, २०७४

लेखनाथ, ६ माघ  । नेपाल रेडक्रस सोसाइटी पोखरा लेखनाथ वडा २७, अर्घौ उपशाखाको शनिबार सम्पन्न नवौं अधिवेशन तथा २० औं साधारणसभाले खगेन्द्रराज आचार्यको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। सामाजिक व्यक्तित्व आचार्य तत्कालीन पुनरावेदन वार एशोसिएसन, पोखराका पूर्व अध्यक्ष समेत हुन्।

४ वषे कार्यकालमा लागि ११ सदस्यीय कार्यसमिति सदस्यमा राधामोहन पौडेल, तिलकशाली सापकोटा, शिवमोहन अधिकारी, बलराम देवकोटा, चौबहादुर गुरुङ, सिर्जना लामिछाने, तारादेवी गुरुङ र छलिकुमारी सुवेदी सर्वसम्मत भए । निवर्तमान अध्यक्ष पदेनसदस्य रहने कार्यसमितिमा रिक्त १ सदस्य आगामी बैठकले चयन गर्ने बताइएको छ। निर्वाचनमा १७ जनाको उम्मेदवारी परेको थियो ।

प्रमुख अतिथि जिल्ला रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेव ढुंगानाले रेडक्रसले सामाजिक क्षेत्रमा देखाएको अग्रसरता ग्रामीण तहसम्म पुर्‍याउँदै रेडक्रसका अन्तर्राष्ट्रिय सिद्धान्त प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए।

चितवन जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपाने, वडा न. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, संस्थाका सल्लाहकार राजेन्द्रमणि लामिछाने, जिल्ला शाखाका विशिष्ट सदस्य दण्डपाणि शर्मा कँडेल, जिल्ला शाखा सदस्य सुरेशराज ढकाल, त्रिवेणी स्कुलका प्रिन्सिपल राजेन्द्रमणि पौडेल लगायतले रेडक्रस अभियानबारे चर्चा गरेका थिए।

रेडक्रस उपशाखा २७ का अध्यक्ष हिरामणि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति खगेन्द्रराज आचार्य र सञ्चालन सचिव राधामोहन पौडेलले गरेका थिए। कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष सूर्यमणि भण्डारीले प्रस्तुत गरेका थिए ।

सोही अवसरमा मृगौलापीडित कृष्णप्रसाद च्वाई र सुकुमाया कुमाललाई ५ हजार रूपैयाँ सहयोग गरिएको थियो।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग