पोखरा, ६ माघ। पोखरा फूलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्व विद्यार्थीको संस्था (मेसा) ले संस्थाका सदस्य पोखरा १५ निवासी इश्वर गर्वुजाका छोरा ८ वर्षीय मिगिनको स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग गरेको छ।
ब्लड क्यान्सरपीडित छोराको जीवनरक्षाका लागि बाबुले सहयोगको याचना गरेपछि मेसा हङ्कङका सदस्य रमेश पुनले ‘प्ले फर मिगिन गर्वुजा’ शीर्षकमा हङकङमा भलिबल च्यारिटी कार्यक्रम गरी रकम संकलन गरिएको जनाइएको छ । जसमा मेसाले ६ लाख १४ हजार रुपैयाँ जुटाएको थियो ।
बिरामी मिगिन हाल ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारत् छन् । मिगिनका लागि युकेमा रहेका मीरा फगामी र सिङ्गापुरमा रहेका याम पुनले समेत सहयोग रकम जुटाएका थिए ।
यसअघि नै पुन युनाइटेड क्लबले समेत मिगिनको उपचारका लागि २ लाख ५२ हजार सहयोग प्रदान गरिसकेको थियो ।
बाबु इश्वर आफ्नो छोरा बिरामी भएर परिवार नै पीडामा रहे पनि संस्थाका साथीले गरेको सहयोगबाट आफू गर्वित भएको बताए। उनले सहयोगप्रति आभार व्यक्त गर्दै छोराको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको समेत जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पुस्तक दिवसमा पुस्तक साटासाट
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१