परोपकार महासंघमा २९ लाख संकलन

आदर्श समाज सम्वाददाता
माघ ५, २०७४

पोखरा, ४ माघ।  राष्ट्रिय परोपकार महासंघ नेपाल स्थापनाको एक दशक अवसरमा आयोजित श्रीमद्भागवत माघेसंक्रान्ति महाउत्सव-२०७४ बिहीबार सम्पन्न भएको छ । कार्यक्रमबाट २९ लाख रुपैयाँ आर्थिक संकलन भएको महासंघका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।

महाउत्सव गत पुस २७ देखि ढुंगेसाँघुस्थित महासंघको केन्द्रीय कार्यालय तथा विद्याश्रममा भएको थियो । जसमा संस्थाका अध्यक्ष युवापण्डित भागवत्भाष्कर कमलनयन गौतमले कथावाचन गरेका थिए ।

महासचिव पौडेलका अनुसार यस वर्ष पोखरा-८ का प्रेम जिसी र कृष्ण थापासहित महासंघमा ३० जना नयाँ अक्षयकोषदाता थापिएका छन्। महासंघद्वारा स्थापित अक्षयकोषमा सहयोग गर्नेमा हालसम्म १ सय १६ जना अक्षयकोषदाता र ३५ सय आजीवन सदस्य छन्।

गुरुकुल वेद विद्याश्रममा कक्षा ६ देखि १० कक्षासम्म र तनहुँको परासर आश्रममा ६ र ७ कक्षासम्म अध्ययन अध्यापन हुँदैआएको छ । उक्त आश्रममा ज्येष्ठ नागरिकलाई समेत राखिएको छ ।

त्यसैगरी, महासंघले पर्वतको सहस्रधारा व्यवस्थापनको पूर्ण जिम्मेवारी लिएको छ। पर्वतकै राममन्दिरको पूर्ण व्यवस्थापन गर्दै आएको छ भने उक्त क्षेत्रमा ज्येष्ठ नागरिकलाई आश्रममा राखेको छ।

महासंघले नवलपरासीको अमलटारीमा स्थानीय नगरपालिका र वडाबाट प्राप्त जग्गामा गौरक्षा अभियान सञ्चालन गर्नुको साथै ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने भएको छ।

पोखरा १४, बेलचौतारास्थित सिद्धेश्वर महादेव मन्दिर र वडा १५, लक्ष्मीनारायण मन्दिरमा २ सय जना ज्येष्ठ नागरिकको दिवा सेवाका लागि व्यवस्थापन गर्ने महासंघले लक्ष्य लिएको महासंघ अध्यक्ष युवापण्डित गौतमले बताए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width