Worldlink ads

व्यापार मेलामा फेसन शो

आदर्श समाज सम्वाददाता
माघ ५, २०७४

पोखरा, ४ माघ। सफल राष्ट्रिय व्यापार मेला तथा दोस्रो मोवाइल मेलाअन्तर्गत शुक्रबार फेसन शो हुँदैछ ।

नायिका सञ्चिता लुइँटेल र्‍याम्पमा उत्रने ‘फेसन शो’ को प्रायोजक चेरिष्मा इम्पोरियमकी सञ्चालक समेत रहेकी पोखरा उद्योग वाणिज्य संघ सदस्य सीता बरालले जानकारी दिइन् । उनका अनुसार  फेसन शोमा नेपालका चर्चित पुरुष तथा महिला मोडल सहभागी हुनेछन् ।

शुक्रबार लोकगायक बद्री पगेँनी विशेष आकर्षण रहने सांस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जनाए । यस्तै,  चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, कृष्ण देवकोटा, अमर धिताल, सरला पाण्डे, शिवहरि ढुंगाना, शान्ति डोटेल, पारु गुरुङ, नेत्रपाणि बास्तोला पनि गायन प्रस्तुत गर्नेछन् ।

बिहीबार राजेशपायल राईको विशेष प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्‍यो। साथै उनलाई रवि रिमाल, मीना निरौलाले साथ दिए ।

लोकगायक खुमन अधिकारी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, केशव देवकोटा, चन्द्रा कार्की, काजल गुरुङ, सरस्वती परियार, जगत गौडेल, नेत्रपाणि बास्तोलासहित मुलाको साग र जोगिन्दर पानवालको हास्य प्रहशन पनि समावेश गरिएको थियो।

मेला प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ। मेला समापनमा प्रवेश टिकटमध्ये एक जनालाई गोलाप्रथाद्धारा हुण्र्डाई कम्पनीको इवन गाडी उपहारको राखिएको छ। सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी छ।

आयोजकका अनुसार मंगलबारसम्म करिब १ लाख २० हजार जनाले मेलाको अवलोकन गरेको र ७ करोडजतिको कारोबार भएको छ । यस्तै, दोस्रो मोवाइल मेलाअन्तर्गत मोवाइल एक्सचेञ्ज अफर प्रमुख आकर्षण बन्न पुगेको छ। अफर अनुसार बिहीबार मात्र १ सय भन्दा बढी मोवाइल साटफेर गरिएको छ। पोखरा नयाँबजारस्थित स्थायी प्रदर्शनी केन्द्रमा जारी मेला माघ ८ सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

    • शवदाह गृहको शिलालेख अनावरण

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      गगनगौंडा । पोखरा ३० गगनगौंडास्थित सतीघाटमा रहेको शवदाह गृहको आइतबार शिलालेख अनावरण गरिएको छ । स्थानीय चन्दादाता र सामुदायिक वनको…
    • सुइँखेतवासी ४० वर्षदेखि पानीको प्रतीक्षामा

      श्रीभद्र पौडेल असाेज ११, २०७८
      हेमजा । पोखरा–२५, सुइँखेतकी भगवती अधिकारी आइतबार बिहान निकै प्रशन्न देखिइन् । उनले गाउँको १ कार्यक्रममा सहभागी २० बढी अतिथिलाई…
    • सोलारको प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      लेखनाथ । कास्कीको रुपा गाउँपालिकास्थित नेपाल सोलार फार्म आयोजनाबाट उत्पादित ३३ केभी विद्युत प्रसारण लाइन बिस्तारमा पोखरा ३० र ३१…
    • पोखराको पर्यटनमा ग्रीन सिग्नल !

      प्रकाश ढकाल असाेज ११, २०७८
      पोखरा । असोज १ गतेदेखि गण्डकीका सबै गन्तव्य खुला भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र…
    • १० देशका राजदूत एकै पटक पोखरामा

      विजय नेपाल असाेज १०, २०७८
      पोखरा, १० असाेज । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन्…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads