पोखरा, ४ माघ । नेपाललाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै बंगलादेशले १२ औं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फेवाताल किनार बाराहीघाट खेल मैदानमा बिहीबार भएको फाइनलमा बंगलादेशी टिमले नेपाललाई हराउँदै उपाधिसहित नगद २ लाख रुपैयाँ पुरस्कार जित्न सफल भएको हो । निर्धारित ५० मिनेटको खेल १-१ को गोल बराबरीमा टुंगिएको थियो । अतिरिक्त १० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।
नेपालका तर्फबाट क्याप्टेन रवि मगरले प्रहार गरेको पेनाल्टी प्रहार विपक्षी गोलकीपर आजादले उत्कृष्ट बचाउ गर्दा नेपाल उपविजेतामा सीमित हुन पुग्यो । नेपालले पुरस्कारस्वरुप १ लाख रुपैयाँ पायो ।
टाइब्रेकरमा बंगलादेशतर्फबाट सजीव, असुफूल र तुफिनको प्रहार गोलमा परिणत भएको थियो । नेपालका लागि हरि गुरुङ र विनोद गुरुङले बललाई जाली चुमाए ।
उल्लेख्य दर्शकमाझ भएको खेलमा बंग्ालादेशले ११ औं मिनेटमा अग्रता लिएको थियो । फाइनल खेलका म्याच अफ दी म्याच घोषित उज्ज्वलले गोल गर्न सफल भएका थिए । १-० को गोलअन्तर कायम राख्दै पहिलो हाफ टुंगाएकोमा बंग्ालादेश दोस्रो हाफको ११ औं मिनेटमै बराबरी खेल्न बाध्यो । ३६ औं मिनेटमा नेपालका लागि विनोद गुरुङले गोल गर्न सफ भए ।
जितपछि बंग्ालादेशका टिम म्यानेजर मोहम्मद अल फारुकले आफूहरु जित्नकै लागि नेपाल आएको भन्दै खेलाडीको मेहनतले सम्भव भएको प्रतिक्रिया दिए ।
उता, घरेलु टिमका कोच राजेन्द्र तामाङले विपक्षीको काउन्टर एट्याक र डिप डिफेन्सका कारण पराजित हुनुपरेको बताए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका सदस्यसचिव समेत रहेका सांसद जीवनराम श्रेष्ठ, एशियन सेभेन ए साइड फुटबल महासंघका महासचिव टी रवि कुशिया, नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नवीन पुन, बंगलादेश सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष सहिम, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, आयोजक संस्था उपाध्यक्ष दीपकबहादुर थापा लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा ६ देशका टिम सहभागी थिए।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१