पण्डित पूरोहितलाई आचारसंहिता

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४

लमजुङ, २ माघ। जिल्लामा धार्मिक कार्य गराउँदै आएका पण्डित पूरोहितले आचारसंहिता जारी गरेका छन्। विश्व हिन्दू महासंघ लमजुङको भातृसंगठन, वैदिक कर्मकाण्ड संघ जिल्ला समिति लमजुङले आचारसंहिता तयार पारेको हो।

पूरोहितलाई आचरण, मर्यादा, अनुशासन र राम्रो चालचलनमा राख्न आचारसंहिताको आवश्यक देखिएकोले यसो गरिएको ज्योतिष परिषका केन्द्रीय उपाध्यक्ष तथा विश्व हिन्दू महासंघका जिल्ला अध्यक्ष पं. घनश्याम सुवेदीले बताए। उनका अनुसार पूरोहितले पालना गर्नुपर्ने १३ वटा र गर्न नहुने कार्य ९ बुँदा आचारसंहितामा समेटिएको छ।

उक्त आचारसंहितमा पूरोहितको खानपिन, लबाई, बानी व्यहोराजस्ता विषयमा जोड दिइएको छ। पण्डित पूरोहितले पालना गर्नुपर्ने आचरणमा रीतिरिवाज र कर्मकाण्डको महत्व बुझ्ने र बुझाउने, धर्मशास्त्रको प्रमाण राखेरमात्र धर्मशास्त्रका विषयमा निर्णय दिने उल्लेख छ।

यसैगरी, शुद्ध वस्त्र पहिरिनुपर्ने, सधैँ सत्य वचन बोल्ने, अनुशासन पालना, मीठा शब्द बोल्ने, सदा प्रशन्न रहने लगायत रहेको ज्योतिष परिषदका जिल्ला सचिव कमल अधिकारीले बताए।

उनका अनुसार विश्व हिन्दू महासंघ र वैदिक कर्मकाण्ड महासंघले स्वीकृत गरेका पुस्तकबाट मात्र कर्मकाण्ड गर्ने गराउने, अन्य पुस्तकबाट गर्न नपाउने, फोन मोवाइल मार्फत तन्त्रमन्त्र पाठ गर्न नपाइने, शास्त्रले निषेध गरेको समयमा विवाह, ब्रतबन्ध, घरवास्तु आदि यज्ञादि नगर्ने, गर्न नदिने आचारसंहितामा उल्लेख छ।

यसैगरी, कर्मकाण्डलाई एकरुपता ल्याउन र शुद्ध कर्मकाण्ड गर्न प्रशिक्षण दिने र सम्पूर्ण çकारको घरमा çकारको झण्डा राख्नुपर्ने, कर्मकाण्ड शुरु गर्दार्र् इश्वर साक्षी राखेरमात्र गर्ने, पूरोहितको ब्राम्हण पोशााक, टीका, टुप्पीमा शिखा अनिवार्य हुनुपर्ने, कर्मकाण्डको राम्रो अध्ययन गर्ने र प्रशिक्षण लिने, तिथि नक्षत्रको राम्रो विचार पुर्‍याउनुपर्ने बुँदा रहेको कार्यक्रमका अध्यक्ष तथा ज्योतिष परिषदका जिल्ला अध्यक्ष शाल्रि्राम अधिकारीले बताए। यस्तै, सबैको भलो चिताउने र सामाजिक कार्यमा अग्रसर रहने उल्लेख छ।

उता, पण्डितले गर्न नहुने कार्यमा जो कसैको निन्दा नगर्ने, धूमपान, खैनी, सुर्ती, मदिराजन्य पदार्थ सेवन गर्न नपाइने, अपवित्र भैसकेको कपडा लगाएर पूजापाठ, यज्ञमा सहभागी नजाने, हिंसा नगर्ने, भएको ठाउँमा नजाने, असौच पर्दा यज्ञादिमा वरणी नहुने, जुठोमा काम गर्दागर्दैर्को ब्राम्हण शुभ यज्ञमा जान नहुने उल्लेख छ।

ज्योतिष परिषदका उपाध्यक्ष भन्द्रकाली पोखरेलले पूरोहित मर्यादा र अनुशासनमा रहेमा त्यसको प्रभाव समाजमा पर्ने र जनसमुदायलाई पनि अनुशासनमा राख्न सहज हुने भएको हुँदा आचारसंहिता जारी गरिएको बताए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width