खैरेनीटार, २ माघ। सरस्वती नमूना माध्यमिक विद्यालय, शुक्लागण्डकी वडा ७ को ५९ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरुङले जहाँ शिक्षा त्यहाँ स्वास्थ्य, जहाँ स्वास्थ्य त्यहाँ धन भन्ने उक्तिलाई ध्यान दिनुपर्ने बताए। उनले वर्तमान शिक्षा नीति परिवर्तन गर्न जरुरी रहेको पनि बताए। नगरपालिका प्रमुख गुरुङले शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा आवश्यक रहेको बताए।
नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा पूर्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र उपाध्यायले शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे।
कार्यक्रममा शुक्लागण्डकी वडा ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेलले अनुशासन विद्यार्थीको गहना भएको बताए।
सरस्वती नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शुक्लागण्डकी नगरपालिका कार्यपालिकाका सदस्य खिमबहादुर कुमालले विद्यालयमा व्यवस्थित विज्ञान प्रयोगशाला तथा सुविधा सम्पन्न पुस्तकालय आवश्यक रहेको बताए।
नेकपा एमाले माओवादी केन्द्रका केन्द्रिय सदस्य खुमबहादुर विकले शिक्षकले विद्यार्थीलाई जिज्ञासु बनाउन आग्रह गरे।
कार्यक्रममा स्रोतव्यक्ति सुरेन्द्रकुमार कर्ण तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णराज पण्डित, खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थ, सञ्चयी बहुउद्देश्यीय सहकारी संस्थाका सचिव गणेशबहादुर थापा, खैरेनीटार बजार इकाइ उपसभापति सुजित हिराचन, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यमणि सुवेदी, विद्यालयका सल्लाहकार झपटबहादुर केशी, खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी सचिव बिन्दु तिम्सिना, रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष प्रेमप्रसाद शर्मा, डा सञ्जीव गौतम, विद्यार्थी दीपा अमगाई लगायतले बोलेका थिए।
विद्यालय प्रअ सोमनारायण श्रेष्ठले वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष प्रेमप्रसाद शर्मा, कोषाध्यक्ष दीपेन्द्र शर्मा र बाबा फाउण्डेसनका अध्यक्ष दिलीपराज शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार तिम्सिना र प्रधानाध्यापक सोमनारायण श्रेष्ठलाई विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, डष्टबिन सहित करिब ३ लाख बराबरको सहयोग गरे।
यस्तै, सञ्चयी बहुउद्देश्यीय सहकारी संस्थाका सचिव गणेशबहादुर थापाले हाल कक्षा ४ मा अध्ययनरत सदीप कार्कीलाई जगत सञ्चय स्मृति पुरस्कारमार्फत कक्षा १२ सम्म अध्ययन गर्दा लाग्ने पढाइ खर्च बेहार्ने बताए।
यस्तै, बासुदेव स्मृति अक्षयकोषअन्तर्गत सुजित हिराचनले कक्षा ८ मा प्रथम हुन सफल विद्यार्थी रुची कार्की र एसर्र्इइमामा प्रथम हुन सफल अनिषा र्घर्तीलाई जनही क्रमशः ४ हजार र ६ हजार प्रदान गरे।
उता, शुक्लागण्डकी नगरपालिका वडा ७ निवासी विक्रम तिम्सिनाले ३ जना जेहन्दार विद्यार्थीलाई ४ हजार रुपैयाँका दरले पुरस्कृत गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार तिम्सिनाको अध्यक्षता रहेको कार्यक्रममा स्वागत शिक्षक नन्दकुमारी बराल तिम्सिना र सञ्चालन शिक्षक दिनेश गौतमले गरेका थिए।
Related News
सम्बन्धित समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०