Worldlink ads

बनेकै ६ वर्षपछि भ्यू टावर उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ १, २०७४
mattikhan

पोखरा, ३० पुस। कास्की र स्याङजाको दोसाँधमा रहेको मटि्टखानको भ्यू टावर निर्माणको ६ वर्षपछि उद्घाटन गरिएको छ।

टावरको आइतबार नेकपा एमाले स्थायी कमिटी सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) का सांसद किरण गुरुङले उद्घाटन गरे।

२०६३ सालमा शिलान्यास गरिएको टावर २०६९ सालमा बनिसकेको थियो। टावर उद्घाटनकै लागि अहिले सामान्य रंगरोगन मात्रै गरिएको छ। नेपाल सरकारको ६२ लाख र ११ लाख जनश्रमदान गरी ७३ लाख लागतमा टावर निर्माण गरिएको हो। मट्टीखानबाट पोखरा र कास्की सहित आसपासका १३ जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ।

टावर उद्घाटनपछि बोल्दै गुरुङले मट्टीखानको विकास र पर्यटकीय चहलपहल विस्तारका लागि आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले पर्यटन विकासका लागि स्थानीयको सक्रियता महत्वपूर्ण हुने भन्दै त्यसका लागि तल्लो तहबाटै प्रबर्द्धनात्मक काम गर्न सुझाव दिएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर छेत्रीले संरचना निर्माणपछि त्यसको व्यवस्थापन र प्रयोगलाई जोड दिनुपर्ने बताए। कास्की २ (क) का सांसद कृष्ण थापाले मट्टीखान वैकल्पिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने र त्यसका लागि आँफु प्रतिबद्ध रहेको धारणा राखे। स्याङजा १ (क) का सांसद मीनप्रसाद गुरुङले दुवै जिल्लाको सीमानामा रहेको मट्टीखान ऐतिहासिक र पर्यटकीय दृष्टीले रणनीतिक भएको भन्दै दुवै जिल्लाको समन्वयबाट विकास निर्माणका काम गर्नुपर्ने बताए। स्याङजा १ (ख) का दीपक चर्तीमगरले ४ नम्बर प्रदेश पर्यटनबाट समृद्ध हुन सक्ने भन्दै त्यसका लागि पूर्वाधार र आवश्यक संचरना अहिलेदेखि नै निर्माण गर्नुपर्ने बताए ।

नेपाली काँग्रेसका नेता देवराज चालिसे विकासमा राजनीतिक गन्ध मिसिन नहुने बताए। सबैको साथ र सहयोगबाट मात्रै विकास र समृद्धि सम्भव हुने भन्दै उनले राष्ट्रिय समुन्नति सबैको साझा एजेण्डा भएको उल्लेख गरे।

कार्यक्रममा माओवादी केन्द्र कास्कीका इञ्चार्ज राजकाजी गुरुङ, फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, पोखरा २१ का वडाध्यक्ष खगराज आचार्य, समाजसेवी याम पौडेल, सन्तबहादुर गुरुङ, गणेशमान गुरुङ लगायतले मट्टीखानको एकीकृत विकास योजना अनुसार काम गर्नुपर्नेमा जोड दिए। उनीहरूले टावरको प्रयोग बहुउपयोगी हिसावले गर्नुपर्ने सुझाव दिएका छन्। टावरका निर्माण समितिका उपाध्यक्ष देवीबहादुर थाापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बेदप्रसाद सुवेदीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग