दुर्घटनामा गाउँपालिका अध्यक्षसहित ६ को मृत्यु

आदर्श समाज सम्वाददाता
माघ १, २०७४

काठमाडौ ३० पुस। संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा आइताबार जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ।

संखुवासभाको भोटखोला गाउँपालीकास्थीत हटिया गोलामा एक दिने भूकम्प सम्वन्धी अनुशिक्षणमा जाने क्रममा उनीहरु चढेको बा ५ च १३०९ नं.को बुलेरो जिप भीरबाट करिव ५ सय मिटर तल अरुण नदीमा खसेको थियो। दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, पाथीभरा हेदाङ्नाका सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका कार्यक्रम अधिकृत सुवासचन्द्र कुइंकेल, भूकम्पीय आवास पुननिर्माण आयोजनाका २ कर्मचारी र चालक समेतको मृत्यु भएको जनाईएको छ।

भूकम्प सम्वन्धी कार्यक्रममा काठमाण्डौबाटै आएकाले उनीहरुको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सदरमुकाम खाँदबारीबाट ७० किलोमिटर उत्तरमा रहेको पाथीभराको वडा नं. ३ स्थित समाटारको घुम्तीमा दुर्घटना भएको जिप ५ सय मिटर तल अरुण नदिमा खसेको स्थानीयवासीले बताएका छन । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

जीपमा गाउँपालीकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width