प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारको अलमल

आदर्श समाज सम्वाददाता
माघ १, २०७४

काठमाडौ ३० पुस । निर्वाचन सम्पन्न भएको लामो समयपछि पनि नयाँ सरकार गठन हुन नसकेको भन्दै सर्बत्र आलोचना भइरहेको बेला सरकारले प्रदेश प्रमुख र अस्थाई केन्द्र तोक्नेमा समेत अलफल भइरहेको छ । गत शुक्रबारको मन्त्रीपरिषद् बैठकबाट यसबारेमा निर्णय हुने बताइए पनि सरकारले अझै पनि प्रदशे प्रमुख र अस्थाई केन्द्र तोक्न सकेको छैन ।

सरकारले सोमबारको मन्त्रीपरिषद बैठकबाट यसबारेमा निर्णय गरिने चर्चा रहेपनि अझै केही दिन लाग्ने सरकारका मन्त्रीहरुले भने बताइरहेका छन् । दलहरुसंगको परामर्श बाँकी रहेको भन्दै प्रधानमन्त्रीले यसबारेमा निर्णय गर्न अझै केही समय लगाउने देखिएको छ । यता, निर्वाचन आयोगले भने प्रदेश प्रमुख तोक्न र अस्थाई राजधानी बारे निर्णय गर्ने सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ । यसका लागि आयोगले सरकारलाई पत्र नै लेखेर ध्यानकर्षण गराएको थियो । आयोगको लगतारको दवावले सरकारले तत्काल प्रदेश प्रमुख र केन्द्र निर्धारण गर्न बाध्य बनाउने अनुमान गरेपनि सरकारले अझै केही समय लगाउने देखिएको छ ।

प्रदेश प्रमुख नतोक्दा निर्वाचन आयोगले माघ ९ गतेको लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदाताको नामावली प्रकाशन गर्ने कार्यतालीका प्रभावित हुने आयोगको चिन्ता छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइताबार पनि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी छिट्टै तोक्ने दोहोर्याएका छन् । कैलालीको गोदावरीमा बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तीन दिनभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने बताए । दलहरुसंग सहमतिको प्रयास गर्दा केही ढिलाई भएको बताउदै देउवाले अब सहमति भए पनि नभए पनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने बताए । संसद गठनको प्रकृया बाँकी रहेकाले प्रधानमन्त्रीबाट आफूलाई राजीनामा दिन समस्या भएको समेत प्रधानमन्त्री देउवाको भनाई छ । राष्ट्रिय सभाको निर्वाचन हुन बाँकी रहेको उल्लेख गर्दै उनले संविधानको मर्म र भावना नबुझेर सत्ता हस्तान्तरणको राग अलाप्नुको अर्थ नभएको बताए ।

राष्ट्रिय सभाको निर्वाचनपछि मात्र संसदले पूर्णता पाउने भएकाले त्यो अवधिसम्म कायम रहने उनको भनाई थियो ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width