महोत्सवमै मंगोलियन हर्टको २५ औं जन्मोत्सव

आदर्श समाज सम्वाददाता
माघ १, २०७४

पोखरा ३० पुस। अमरसिंह चौरमा जारी आठौ पोखरा महोत्सवकाबीच मंगोलियन हर्ट राजु लामाले आफ्नो ब्याण्डको २५ औ जन्मोत्सव मनाएका छन्।

महोत्सव आयोजक युनाइटेड क्लबका पदाधिकारीसँगै महोत्सवमा उपस्थित दर्शककाबीच मंगोलियन हर्टले आफ्नो २५ औ जन्मोत्सव मनाएको हो।

शनिवार पोखरा महोत्सवमा आयोजित लाइभब्याण्ड कार्यक्रमकाबीच मंगोलियन हर्टले आफ्नो पोखरेली फ्यानकाबीच केक काटेर आफ्नो २५ औ जन्मोत्सव मनाएको हो। युनाइटेड क्लबको आयोजनामा जारी आठौ पोखरा महोत्सवमा पोखरेली दर्शकसँगै आफ्नो ब्याण्डको २५ औं जन्मोत्सव मनाउन पाउदा निर्क खुसी लागेको बताउँदै आफ्नो ब्याण्डले निरन्तर सांगीतिक यात्रा जारी राख्ने बताए।

सो अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले मंगोलियन हर्टसँगको निरन्तरता र महोत्सवकै बीच २५ औ जन्मोत्सव मनाउनु पाउनु सौभाग्यको कुरा भएको बताए।

त्यसैगरी, क्लबका अध्यक्ष सुकबहादुर गुरुङले मंगोलियन हर्टको सांगीतिक निरन्तरता कायम रही आगामी महोत्सवमा पनि मंगोलियन हर्टसँग निरन्तरता जारी रहने बताए। पोखरा महोत्सवमा आइतवार ६० लाखको कारोवार भएको छ भने १२ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको महोत्सव अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक तथा क्लबका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए।

महोत्सवमा आइतवार लोकदोहोरी कलाकार मिलन लामाले लोकदोहोरीमार्फत् महोत्सवमा उपस्थित दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए भने प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, नरबहादुर राना, चन्द्रा काकी, दिलु लामालगायतको प्रस्तुति रहेको सांस्कृतिक उपसमिति संयोजक लालकाजी गुरुङले जानकारी दिए। आइतवार साँझ लाइभब्याण्ड तर्फ सुगम पोख्रेल एण्ड भिक्ट्रीको प्रस्तुतिले महोत्सवमा उपस्थित दर्शकलाई मनोरन्जन प्रदान गरेको थियो। आइतवार प्रदेश नम्बर ४ स्तरिय लोकदोहोरी प्रतियोगितामा तनहुँ र स्याङजाले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। महोत्सवमा सोमवार लोकदोहोरीतर्फ रामजी खाँड, प्रजापति पराजुली, तारापति सुवेदी, जीवन दाहाल, सुरेन्द्र गुरुङ, शिवहरी ढुंगाना, परशुराम अधिकारी, निशा पोख्रेललगायतको प्रस्तुति रहनेछ भने लाइभब्याण्ड तर्फ १९७४ एडी न्यूलाइन अफको प्रस्तुति रहने छ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width