५/८ जीआर गु्रपबाट अफिसरलाई सम्मान

आदर्श समाज सम्वाददाता
माघ १, २०७४
news photo

पोखरा, ३० पुस। ५/८ जीआर ग्रुपले इण्डियाबाट पोखरा आएका कमान्डिङ अफिसर कर्णल विभू वशिष्टलाई पोखरामा आइतवार सम्मान गरेको छ।

ग्रुपले आयोजना गरेको कार्यक्रममा कमान्डिङ अफिसरसहित उनका परिवारका सदस्यलाई सम्मान गरिएको थियो।

ग्रुपका अध्यक्ष हनेरी एसएम भीमबहादुर गुरुङ, प्रथम उपाध्यक्ष हनेरी क्याप्टेन भुपर्जङ गुरुङले नेपाली टोपी, माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा कमान्डिङ अफिसर वशिष्टले पनि पोखरामा रहेका भूपू परिवारलाई टोपी र दोसल्ला प्रदान गरेका थिए।

५/८ जीआर ग्रुपका अध्यक्ष हनेरी एसएम भीमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष हनेरी क्याप्टेन भुपर्जङ गुरुङले स्वागत र सचिव नायक नीमबहादुर गुरुङले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width