Worldlink ads

सुन्दर टोलमा प्रतिनिधि सम्मानित

आदर्श समाज सम्वाददाता
माघ १, २०७४

पोखरा, ३० पुस।पोखरा लेखनाथ महानगरपालिका-१४, चाउथेस्थित सुन्दर टोल विकास संस्थाको शनिवार पाँचौ साधारणसभा सम्पन्न भएको छ।

सोही अवसरमा कास्कीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगराज अधिकारी र प्रदेशसभा सदस्य मनबहादुर गुरुङ र दीपक कोइरालालाई सम्मान गरिएको थियो।

प्रमुख अतिथिसमेत रहेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले साधारणसभाको उद्घाटन गरेका हुन्।

अधिकारीले विजयपुर खोलाछेउको तटबन्धकोसमेत शिलान्यास गरे। अधिकारीले थप तटबन्धका लागि सम्बन्धित निकायमा प्रयास गर्ने प्रतिबद्धता जनाए।

प्रदेशसभा सदस्य दीपक कोइरालाले देश संघीयतामा गएकाले प्रदेश नं ४ लाई समृद्ध बनाउन आफू लागि पर्ने बताए।

अर्का प्रदेशसभा सदस्य मनबहादुर गुरुङले कास्कीको महानगरपालिकालगायत स्थानीय निकायलाई स्रोत साधन सम्पन्न बनाउन आफूहरुको प्रयास रहने प्रतिबद्धता जनाए। कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्की, रामबजार प्रहरी चौकीका इञ्चार्ज प्रहरी निरीक्षक दीपक के.सी., नेकपा एमाले वडा इकाइ समिति अध्यक्ष बलबहादुर सेञ्चुरी, नेपाली काँग्रेस वडा इकाइ समिति सभापति बोधराज बराल, माओवादी केन्द्र वडा इकाइ समिति सचिव शिव कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए।

संस्थाका अध्यक्ष बलराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार फणिन्द्रमान बि.क.ले स्वागत मन्तव्य र सचिव माधव न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • धर्म संघ बुद्ध विहारमा चैत्य पुनर्निर्माण

      आदर्श समाज सम्वाददाता माघ १४, २०७८
      पोखरा । पोखरा–२, विन्दुवासिनीस्थित धर्म संघ बुद्ध विहारको चैत्य पुनर्निर्माण गर्न लागिएको छ । २०१३ सालमा स्थापित सो विहारको चैत्य…
    • मानशा सहकारीको कारोबार सुरु

      आदर्श समाज सम्वाददाता माघ १४, २०७८
      पोखरा । पोखरा १७, हिमाली टोलमा कार्यालय रहने गरी स्थापित मानशा बहुउद्देश्यीय सहकारी संस्थाले विहीबारदेखि कारोबार शुभारम्भ गरेको छ ।…
    • पोखरा महानगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित

      रासस माघ १३, २०७८
      पोखरा । भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यक बाहेकका नियमित सेवाहरू आजदेखि स्थगित गरिएको छ…
    • निर्माणाधीन पुल चर्कियो

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      गगनगौंडा । पोखरा वडा ३२ र ३३ गगनगौंडा र लामगादी जोड्ने सेती नदीमाथि निर्माणाधीन पक्की पुल चर्किएको छ । ६१…
    • टोल विकास संस्थास्तरीय वक्तृत्वकलामा पार्वती प्रथम

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा । पोखरा वडा १३ कार्यालयद्वारा आयोजित टोल विकास संस्थास्तरीय वक्तृत्वकला प्रतियोगितामा कुँडहर टोलअन्तर्गत बाल कल्याण आमा समूहकी पार्वती सिग्देल…

    hero news full width