लमजुङ, २९ पुस।स्वतन्त्र पत्रकार संघ तनहुँको शाखा पुनर्गठन गरिएको छ।
भेलाले अञ्जनराज न्यौपानेको अध्यक्षता नयाँ समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा सुमन वाग्ले र सुमित्रा ज्ञवाली पौडेल, सचिवमा पूजा गिरी, कोषाध्यक्षमा साजन श्रेष्ठ, सहसचिवमा सुन्दरलाल मूल चयन भएका छन्।
समितिका सदस्यमा कोपिला सुनार, अनमोल प्रधान, आशीष गौतम, विवेचन अधिकारी र गंगा गैरे छन्। यसैगरी, केन्द्रीय पार्षद्मा कृष्णराज उपाध्याय र प्रदेश पार्षद्मा महेन्द्रराज शर्मा र लक्ष्मी शर्मा चयन भएको नवनिर्वाचित सचिव पूजा गिरीले बताइन्।
भेलामा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव नवराज पहाडीले धेरै कुरा संघको नाराले बोलेको बताउँदै संघ आफ्नो नारालाई अभियानका रूपमा अघि बढाएको उल्लेख गरे।
तनहूँमा संघको शाखा निस्कृय हुनु दुःखद् पक्ष रहेको बताउँदै अबका दिनमा क्रियाशील बनाउन उनले आग्रह गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तथा प्रेस युनियन तनहूँका अध्यक्ष ओमकार आचार्यले संघको अघिल्लो समिति गठन गर्दाको स्मरण गर्दै आफ्नो सहयोग र सद्भाव रहँदारहदै पनि शाखा निस्कृय हुन गएको बताए।
त्यस्तै नेपाल पत्रकार महासंघ तनहूँका पूर्वअध्यक्ष डम्बर अधिकारीले संघको नारा सान्दर्भीक रहेको बताउँदै पत्रकार राजनीतिक पार्टीअफै’ विभक्त हुँदा नेपालको पत्रकारिताले सही गन्तव्य लिन नसकेको बताउँदै पत्रकारले यही नारालाई मूलमन्त्रका रूपमा लिनु पर्ने बताए।
अञ्जनराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्रराज शर्माले स्वागत र सञ्चालन पूजा गिरीले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९