१२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७४
Pokhara Marathon Main

पोखरा, २९ पुस। भूतपर्व खेलाडी मञ्च नेपालले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४ को तयारी शुरू गरेको छ।

मञ्चले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी फागुन ७ गते म्याराथन गर्न लागेको जनाएको छ। पोखरा म्याराथनलाई सुजल डेरी उद्योगको उत्पादन सफल दूधले दुर्इ वर्षदेखि मूख्य प्रायोजन गर्दै आइरहेको छ। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले प्रतियोगिताले पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गर्न तथा खेलकुद पर्यटन शहरको रूपमा विकास गर्न टेवा पुर्‍याउने उल्लेख गरे।

उनले पोखरालाई स्पोर्ट्स टुरिज्मका रूपमा प्रवर्द्धन गर्न र वर्षको एक दिन शहरको उत्सवको रूपमा मनाउन पनि प्रतियोगिताले भूमिका खेल्ने विश्वास गरे।

पोखरामा धेरै भन्दा धेरै विदेशी खेलाडी भित्र्याउन यसवर्ष देखि मञ्चले नेपाल एड्भेन्चरस् स्पोर्ट्स प्रालिसँग सम्झौता गरेको छ। पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष गुरुङ र प्रालिकातर्फबाट निर्देशक शिखर पाण्डेले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै कम्पनीले पोखरा म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमा बजार प्रवर्द्धनको जिम्मेवारी पाएको छ। सोही क्रममा स्थानीय बजार पवर्द्धन गर्न मञ्चले पोखराको ट्रेनर नेपालसँग सम्झौता गरेको छ। सम्झौतामा मञ्चका अध्यक्ष गुरुङ र कम्पनीकातर्फबाट पुजन कोइरालाले हस्ताक्षर गरे।

पोखरा म्याराथनमा यसवर्ष पुरस्कार राशीमासमेत वृद्वि गरिएको र केही क्याटोगरी पनि थपिएको छ। यसवर्ष प्रथम हुनेले नगद ७० हजार, दोस्रोले ४५ हजार, तेस्रोले ३० हजार, चौथोले सान्त्वना स्वरूप नगद पाँच हजार रूपैया प्राप्त गर्ने छन्।

१० कि.मी. पुरुष-महिला दौडमा प्रथमले १५, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पाउने छन। यसैगरी, पाँच किलोमिटर छात्र-छात्रामा प्रथमले १० हजार, दोस्रोले सात र तेस्रोले चार हजार पाउने छन्। प्रतियोगितामा चार सय मिटर Þविल चेयर पुरुष-महिला र एक सय मिटर दृष्टिविहिन दौड पनि समावेश गरिएको छ। ती क्याटोगोरीमा विजेता प्रथम, दोस्रो र तेस्रोले क्रमशः नगद पाँच, तीन र दुर्इ हजार पाउने छन्।

यस बाहेक मनोरञ्जन दौडका रूपमा करिव तीन हजार जनालाई ‘रन फर फन’को रूपमा दौडाउने योजनामा रहेको अध्यक्ष गुरुङले बताए। प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ५० हजार लाग्ने मञ्चका सदस्य एवम्म प्रचारप्रसार संयोजक केशव पाठकले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width